प्रधानमन्त्री कप: सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ४ विकेटले हरायाे

 जेठ २१, २०७६ मंगलबार १५:१०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले सुखद अन्त्य गरेको छ ।

समूह चरणको अन्तिम खेलमा गण्डकी प्रदेशलाई ४ विकेटले हरायो ।मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी २० ओभर चार बलमा मात्र ८९ रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । निकै फितलो ब्याटिङ गरेको गण्डकीका कुनैपनि खेलाडीबीच राम्रो साझेदारी हुन सकेन ।

उसले एक रनमा पहिलो विकेट गुमाउँदा आठ रनमा दोस्रो र १५ रनमा तेस्रो विकेट खेर फाल्यो । एकपछि अर्को विकेट गुमाएको उसले ६३ रन बनाउँदा ६ विकेट गुमाएको थियो । तर त्यसपछि पनि उसको विकेट झर्ने क्रम रोकिएन र मात्र ८९ रनमा अलआउट भयो ।

उसका लागि राहुल शर्माले ४१ तथा आकाश थापाले १२ रन बनाए । यस्तै किशोर महतोले १४ रनको योगदान गरे । गण्डकीलाई कम स्कोरमा रोक्न विनोद लामाले ५ विकेट लिए ।

जवाफमा सुदूरपश्चिमले २९ ओभर दुई बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍याे । उसको जितमा आकाश चन्दले अविजित २९ तथा नरेन्द्र साउदले २३ रन बनाए । यस्तै लोकेश बमले १५ रन जोडे । उसका तीन खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया