दक्षिण अफ्रिकालाई अर्काे झट्का: चाेटका कारण डेल स्टेन पनि विश्वकपबाट बाहिरिए

 जेठ २१, २०७६ मंगलबार १८:३७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

जारी विश्वकपमा लगातार दुई खेल गुमाएको दक्षिण अफ्रिकालाई फेरि अर्काे आपद् आइलागेको छ ।

यसअघि १० दिनका लागि लुंगी एन्गिडी विश्वकपबाट बाहिरिएका थिए । तर अर्का अनुभवी बलर डेल स्टेनले विश्वकप नै गुमाउने भएका छन् । आईपीएलमा घाइते भएका उनी ठिक नभएपछि यसअघिका दुई खेलनै गुमाएका थिए ।

दक्षिण अफ्रिकाका बायाँ हाते तीव्र गतिका बलर ब्यूरेन हेन्ड्रिक्सलाई टिममा बोलाइएको छ । दक्षिण अफ्रिकाले बुधबार भारतसँग विश्वकपको आफ्नो तेस्रो म्याच खेल्दै छ । भारतको भने याे पहिलो खेल हो ।

सोमबार डेल स्टेनले नेटमा अभ्यास गरेका थिए । अभ्यासपछि उनी खेल्न नसक्ने भएपछि उनको विकल्प खोजिएको हो । दक्षिण अफ्रिका उद्घाटन खेलमा इंग्ल्याण्डसँग र दोस्रो खेलमा बंगलादेशसँग पराजित भइसकेको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया