फ्राङ्कफर्टका स्ट्राइकर लुका जोभिचलाई रियल मड्रिडले भित्र्यायाे

 जेठ २१, २०७६ मंगलबार १९:२५:२९ | एजेन्सी
unn.prixa.net

रियल मड्रिडले फ्राङ्कफर्टका स्ट्राइकर लुका जोभिचलाई अनुबन्ध गरेको छ । २१ वर्षे सर्बियन स्ट्राइकरलाई रियलले ६ वर्षका लागि अनुबन्ध गरेको हो ।

उनलाई कति रकममा अनुबन्ध गरिएको छ भन्ने खुलाइएको छैन । जोभिचलाई गएकाे अप्रिलमा मात्र फ्राङ्कफर्टमा स्थायी अनुबन्ध गरेको थियो । त्यसअघि उनलाई बेन्फिकाले लोनमा पठाएको थियो । सर्वियाबाट चार अन्तर्राष्ट्रिय खेल खेलेका लुका जोभिचले यो सिजन जर्मन क्लबका लागि ४८ खेलमा २७ गोल गरेका थिए ।

युरोपा लिगमा उनले १० गोल गरेका थिए । जसका कारण उनी युरोपा लिग उत्कृष्ट एघारमा स्थान बनाउन सफल भए । दुवै क्लबले ट्रान्सफर रकम नखुलाउने सहमति गरे पनि उनलाई रियलले ५० मिलियन पाउण्डभन्दा बढी रकम खर्च गरेको बताइएको छ 

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया