अस्ति कीर्तिमान बनाएको सुनको भाउ आज घट्यो
चैत ३, २०८१ आइतबार
काठमाडौं - सरकारले बुधबार पाँच जना उत्कृष्ट कृषकलाई सम्मान गरेको छ ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले ५ जना उत्कृष्ट कृषकहरुलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मान गर्नु भएको हो ।
यस वर्ष सर्वोत्कृष्ट पुरस्कार भने गोरखाका गाईपालक कृषक राजेन्द्रराज पन्तले पाउनुभयो । त्यसैगरी चितवनको बाख्रा पालक कृषक योगेन्द्रबहादुर खड्का, बाँकेका च्याउ कृषक लालबहादुर सुनार, धनुषाका माछा पालक कृषक बौएलाल मुखिया र कैलालीका केरा कृषक रामबहादुर कुँवरलाई उत्कृष्ट कृषक सम्मान प्रदान गरिएको छ ।
बुधबारै काठमाडौंमा मन्त्री खनालले ३ बीमा कम्पनीलाई पनि पुरस्कृत गर्नुभएको छ ।
बीमातर्फ एनएलजी इन्स्योरेन्स सर्वाेत्कृष्ट भयो भने सिद्धार्थ इन्स्योेरेन्स र लुम्विनी जनरल इन्स्योरेन्स उत्कृष्ट भएका छन ।
सर्वोत्कृष्ट कृषकहरुलाई नगद २ लाख र उत्कृष्ट किसान र बीमा कम्पनीलाई १ लाख नगद र सम्मान पत्रसहित सम्मान गरिएको छ । सरकारले हरेक वर्ष उत्कृष्ट कृषकहरुलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।