पीएम कप : आर्मीले दियो प्रदेश ३ लाई ३ सय १० रनको लक्ष्य

 जेठ २२, २०७६ बुधबार १३:२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताकाे सेमिफाइनलमा विभागीय टिम त्रिभुवन आर्मीले प्रदेश ३ लाई तीन सय १० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ९ रन बनायो । आर्मीले सुरुवात राम्रो गर्न नसके पनि उसका मध्यक्रमका खेलाडीले राम्रो साझेदारी गरे ।

२३ रनमा पहिलो विकेट गुमाएको आर्मीका लागि हरी चौहान र राजु रिजालले दोस्रो विकेटका रुपमा ७३ रनको साझेदारी गरे । जसमा हरीले ३८ रन बनाए भने राजुले ५१ रनको योगदान गरे ।

त्यसपछि रोहितकुमार पौडेलले ४३ तथा राजेश पुलामीले २९ रन थपे । साथै करण केसीले २१ र कप्तान विनोद भण्डारीले विस्फोटक ७५ रनको योगदान गरे । विनोदले ४२ बलमा ५ चौका र ५ छक्का प्रहार गरे ।

यस्तै कुशल मल्लले १७ बलमा २६ रन जोडे । बलिङतर्फ प्रदेश ३ का लागि नन्दन यादव र जितेन्द्रसिंह ठकुरीले समान दुई/दुई विकेट लिए ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया