युरोपियन नेशन्स लिगको उपाधिका लागि पोर्चुगल र नेदरल्याण्ड खेल्ने

 जेठ २४, २०७६ शुक्रबार १०:४०:१३ | एजेन्सी
unn.prixa.net

युरोपियन नेशन्स लिगको उपाधिका लागि पोर्चुगल र नेदरल्याण्ड खेल्ने भएका छन् । दोस्रो सेमिफाइनलमा नेदरल्याण्डले इंग्ल्याण्डलाई ३–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गर्‍यो । यसअघि भएको पहिलो सेमिफाइनलमा पोर्चुगलले स्वीट्जरल्याण्डलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

नेदरल्याण्ड्समा भएको खेलमा नियमित समय १–१ गोलको बराबरीमा टुंगिएको थियो । त्यसपछि थपिएको अतिरिक्त समयमा नेदरल्याण्डले दुई गोल गर्‍यो । जसमा एक गोल आत्मघाती पाएको थियो ।

३२ औं मिनेटमा मार्कस रासफोर्डले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । ७३ औं मिनेटमा माथियास डि लाइटले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि अतिरिक्त समय थपिएको थियो ।

अतिरिक्त समयको सातौं मिनेटमा केल वाल्करले आत्मघाती गोल गरेपछि नेदरल्याण्डले अग्रता लियो । २४औं मिनेटमा क्वीन्सी प्रोम्सले गोल गरेपछि नेदरल्याण्डले फाइनलको यात्रा पक्का पार्‍यो । 

नेदरल्याण्ड फाइनलमा पुग्दा इंग्ल्याण्ड भने तेस्रो स्थानका लागि खेल्नेछ । तेस्रो स्थानका लागि आइतबार हुने प्रतिस्पर्धामा इंग्ल्याण्ड र स्वीट्जरल्याण्ड खेल्नेछन् । फाइनल खेल भने सोमबार हुनेछ ।
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया