च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
सुरुवाती खेलबाट झड्का ब्यहोरेर पनि सम्हालिएको पाकिस्तान र श्रीलंका एकदिवशीय विश्वकप अन्तर्गत शुक्रबार आमने सामने हुँदैछन् ।
यो खेल इंग्ल्याण्डको ब्रिस्टोल काउन्टी मैदानमा नेपाली समयअनुसार शुक्रबार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । ब्याटिङमा आश्चर्यजनक असफलताका बाबजुद श्रीलंकाले पछिल्लो खेलमा अफगानिस्तानलाई माथ दिएको थियो । त्यस खेलमा श्रीलंकाली टोली ९२–० को स्थितिबाट २०१ मा अलआउट भएको थियो ।
अफगानिस्तानविरुद्धको जितले सुरुआती खेलमा न्यूजिल्याण्डसँग ब्यहोरेको १० विकेटको हारबाट श्रीलंकाले राहत पाएको हो । दिमुथ करुणारत्नेको नेतृत्वमा रहेको टोली आफ्नो ब्याटिङ असफलताको भयबाट सावधान हुनुपर्नेछ । अफगानिस्तानविरुद्ध उसका मध्यक्रमका ४ ब्याट्सम्यान ५ रनको अन्तरमा पेविलियन फर्केका थिए ।
घरेलु टोली इंग्ल्याण्डबिरुद्ध १४ रनको रोमान्चक जित हासिल गरेर मनोबल उच्च बनाएपछि म्यान अफ द म्याच मोहम्मद अफिजले यस जितलाई ‘पूरा टिमको प्रयास’ भनेका थिए । वेष्ट इण्डिजबिरुद्धको खेलमा १ सय ५ रनमै समेटिएको पाकिस्तानको ब्याटिङपंक्तिले इंग्ल्याण्डविरुद्ध ३४८ रनको ठूलो योगफल बनाएको थियो ।
पाकिस्तानले पछिल्लो ११ एकदिवशीय अन्तर्राष्ट्रिय खेलमा पहिलो जित निकालेको हो । ब्रिस्टोलको मौसम अधिकांश समय बदली भइरहन्छ । यो खेल पनि वर्षाले प्रभावित पार्न सक्ने अनुमान गरिएको छ । अभ्यास खेलमा वेष्ट इण्डिजले बनाएको ४२१ रनसमेत जोड्दा यस मैदानमा पछिल्लो १ महिनामा ३ पटक ३५० भन्दा बढी स्कोर बनेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।