पूर्वी भेगमा हावाहुरी र चट्याङसहित वर्षा

 जेठ २४, २०७६ शुक्रबार १७:२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शुक्रबार दिउँसोदेखि पूर्वी क्षेत्रमा हावाहुरी र चट्याङसहित पानी परिरहेको छ । 

धनुषा, सिन्धुली, महोत्तरी, ओखलढुंगा, सोलुखुम्बुलगायत पूर्वी क्षेत्रमा हुरीसहित वर्षा भइरहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार शुक्रबार पूर्वी क्षेत्रमा ठूलो हावाहुरी आउने पूर्वानुमान गरिएको छ । हुरी विस्तारै उत्तर दक्षिणतर्फ पनि बढिरहेको मौसमविद् कडेँलले जानकारी दिनुभयो । यस्तै काठमाण्डौ उपत्यकामा पनि यतिबेला मौसम बद्ली भएको छ ।

उपत्यकामा तत्काल हुरी चल्ने सम्भवना नभए पनि असर भने पर्न सक्ने मौसमविद्ले बताएका छन् । हिजो बेलुकी कैलाली र कञ्चनपुरमा प्रतिघण्टा सय किलोमिटरको गतिमा हावा चल्दा २ जनाको ज्यान जानुका साथै १ सयभन्दा धेरै घाइते भएका छन् । सयौँ घरका छानो हावाहुरीले उडाएको छ भने बिजुलीका तार चुडाउँदा बिजुली छैन । 

पोहोर परारको तुलनामा यसपालि विनाशकारी हावाहुरी आएको छ । तर यसबारे अध्ययन नहुँदा अहिलेको हुरीबारे यसै भन्न नसकिने मौसमविद्ले बताएका छन् । आवश्यक प्रविधि नहुँदा हावाहुरीको पूर्वानुमान गर्न समस्या भएको मौसमविदले बताएका छन् । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया