प्रधानसेनापति कप: उपाधिका लागि गण्डकी प्रदेश र त्रिभुवन आर्मीबीच खेल हुने

 जेठ २४, २०७६ शुक्रबार १८:२४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानसेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि गण्डकी प्रदेश र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुने भएकाे छ ।

गण्डकी प्रदेश र त्रिभुवन आर्मीबीचकाे फाइनल खेल आइतबार हुनेछ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशले एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

लगनखेलकाे सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको खेलमा गण्डकीले एपीएफलाई २५–२३, २१–२५, २५–२३ र २९–२७ को सेटमा पाखा लगायो ।

याे जितसँगै गण्डकीले पहिलोपटक प्रधानसेनापति भलिबल प्रतियाेगिताको फाइनलमा स्थान बनाएको हाे । शुक्रबार नै भएको दोस्रो सेमिफाइनलमा आर्मीले नेपाल पुलिसलाई ३–१ ले पराजित गर्दै गण्डकीसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

पहिलो सेट १९–२५ ले पराजित भएको आर्मीले बाँकी तीन सेट जित्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । दोस्रो सेट २८–२६ ले जितेको आर्मीले तेस्रो र चौथो सेट क्रमश २६–२४ र २५–१७ ले कव्जा गर्‍यो ।

नेपाली सेनाको आयोजनामा जारी प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले १ लाख ५० हजार र तेस्रो हुनेले ७५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया