खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाले निकारागुवालाई ५–१ गोल अन्तरले पराजित गरेको छ । लियोनल मेस्सीप्रेरित अर्जेटिना अहिले कोपा अमेरिका कपको तयारीमा रहेको छ ।
मेस्सीले १ मिनेटभित्र २ गोल गर्दै अर्जेन्टिनालाई सुरुमै २–० को अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा गोभानीको पासमा गोल गर्दै अर्जेन्टिनालाई मेस्सीले अग्रता दिलाएका थिए । त्यसको १ मिनेटमा फेरि मेस्सीले अर्को गोल थपेपछि निकारागुवा २–० ले पहिलो हाफमा पछि परेको थियो । पहिलो हाफमा २ गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा ३ गोल थपेको थियो भने एक गोल खाएको थियो ।
जाभियर मार्टिनेजले ६३ र ७३ औं मिनेटमा व्यक्तिगत दुई गोल गर्दा अर्जेन्टिना ४–०ले अघि बढेको थियो । रोबर्टो परेराले ८१ औं मिनेटमा टिमका लागि पाँचौं गोल गरे । निकारागुवाले भने ९१ औं मिनेटमा एक गोल गरेका थिए । पेनाल्टीमार्फत जुवान बरेराले गोल फर्काएका हुन् ।
यस्तै उरुग्वेले पानामालाई ३–०ले पराजित गरेको छ । उरुग्वेको जीतमा गोमेज, लुईस स्वारेज र फेडिरिको सान्टियागोले एक एक गोल गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।