नेयमार बिना पनि मैत्रीपूर्ण खेलमा ब्राजिलकाे प्रभावशाली जित

 जेठ २७, २०७६ सोमबार ६:३०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले होन्डुरसमाथि आधा दर्जन गोल अन्तरले जित निकालेको छ ।

पोर्टो एल्गेरोमा भएको खेलमा ब्राजिलको जितमा गाब्रियल जिससले दुई गोल गरे । स्टार खेलाडी नेयमार विना नै मैदानमा उत्रिएको ब्राजिलले तुलनात्मक रुपमा कमजोर टिम होन्डुुरस विरुद्ध खेलको छैटौ मिनेटबाट गोलको बर्षा सुरु गरेको थियो । जुन ७० मिनेटसम्म कायम रहेको थियो ।

छैटाै मिनेटमा डानी एल्भेसको पासमा जिससले पहिलो गोल गरेका थिए । त्यसपछि १३ औं मिनेटमा थिएगो सिल्भाले फिलिप कोउन्टिन्होको पासमा ब्राजिलका लागि दोस्रो गोल गरे । ३७ औं मिनेटमा ब्राजिलले पेनाल्टीको अवसर पायो । जसलाई कोउन्टिन्हो आफैले गोल गर्दै टिमको अग्रता तीन शुन्यमा लम्ब्याए ।

पहिलो हाफमा तीन गोल गरेको ब्राजिलले दोस्रो हाफमा थप चार गोल गर्यो । ४७ औं मिनेटमा जिससले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गर्दा ५६ औं मिनेटमा डेविड निरीसले पाँचौ गोल गरे ।

ब्राजिलको गोलको क्रम यतिमा रोकिएन । ६५ औं मिनेटमा रोबेर्टो फेरमिन्होले र ७० औं मिनेटमा रिकार्रलिसनले गोल गरेर ब्राजिलले सात शुन्यको प्रभावशाली जित निकाल्न सफल भयो ।

कतारमा भएको खेलका दौरान नेयमार चोटग्रस्त भएपछि उनी कोपा अमेरीका प्रतियोगितासम्म मैदान बाहिर हुनेछन् ।

अर्को खेलमा कोलम्बियाले पेरुमाथि तीन शुन्यको सहज जित निकालेको छ । पेरुमा भएको खेलमा १० खेलाडीमा झरेको घरेलु टिमलाई सुरुवातदेखि नै दवाबमा राखेको कोलम्बियाको जितमा माटिउस उरुबीले दुई गोल गरे ।

खेलको २३ औं मिनेटमा माटिउसको गोल मार्फत कोलम्बियाले खेलमा अग्रता लियाे । पहिलो हाफमा एक शुन्यले पछि परेको पेरु ५५ औं मिनेटमा १० खेलाडीमा झर्न पुग्यो ।

उसका योसीमार योतुम रातोकार्ड पाउँदै मैदानबाट बाहिरिए । जसकाे फाइदा लिँदै कोलम्बियाले ६५ औं मिनेटमा दोस्रो गोल थप्यो । यसपटक पनि उसका लागि माटिउसले नै गोल गरे ।

त्यसपछि खेलको इन्जुरी समयको चौथो मिनेटमा डुभान जापाटाले टिमका लागि तेस्रो गोल गर्न सफल भए । यस्तै खेलमा पाराग्वेले ग्वाटेमालालाई दुई शुन्यले हरायो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया