नाडालले जिते फ्रेन्च ओपन टेनिसको उपाधि

 जेठ २७, २०७६ सोमबार ८:४३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

क्ले कोर्टका बादशाह राफेल नाडलले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् ।

आइतबार भएको फाइनलमा स्पेनिस खेलाडी नाडलले डोमिनिक थिमलाई ३–१ को सेटमा हराए । चौथो वरियताका थिमले नाडललाई चुनौति दिन प्रयास गरे पनि नाडलको उत्कृष्ट प्रदर्शनको दबाबमा परे ।

पहिलाे सेट ६–३ ले जितेका नाडलले दोस्रो सेट भने ५–७ मा गुमाए । त्यसपछिको दुई सेटमा नाडलले ६–१ र ६–१ को जित निकाले र क्ले कोर्टका राजा भएको प्रमाणित गरे ।

यो उपाधिसँगै नाडलले ग्राण्डस्लाम उपाधि संख्या १८ पुर्‍याएका छन् । १८ ग्राण्डस्लाममध्ये नाडलले १२ वटा उपाधि पेरिसमा नै जितेका हुन् ।

उनी १२ वटा फ्रेन्च ओपन जित्ने एक्ला खेलाडी बनेका छन् । नाडलले पहिलो फ्रेन्च ओपन उपाधि २००५ मा जितेका थिए । उनको पहिलो ग्राण्डस्लाम पनि फ्रेन्च ओपन नै हो ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया