च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने अस्ट्रेलिया भ्रमण सकेर फर्किएका छन् ।
सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका सन्दीपले आफ्नो अस्ट्रेलिया भ्रमण नेपाली क्रिकेटको विकासका लागि केन्द्रीत भएको बताए । उनले त्यहाँका तीन वटा क्रिकेट एकेडेमीसँग नेपाली युवा खेलाडीहरुलाई प्रशिक्षणको लागि कुरा गरेको जानकारी दिए ।
प्रशिक्षणका विषयमा अस्ट्रेलियाका एकेडेमीहरु सकारात्मक रहेको बताउँदै सन्दीपले त्यसका लागि थप पहल गर्नुपर्नेमा जोड दिए ।
नेपालीमा हालै भएको प्रधानमन्त्री कप क्रिकेट नखेलेको भन्दै चर्को आलोचना खेपेका सन्दीपले यस विषयमा पनि जवाफ दिँदै एक दिवसीय मान्यता पाएको देशको राष्ट्रिय प्रतियोगिता कतै म्याट त कतै पिचमा गराउँदै स्तर नपुग्ने बताए ।
फ्रेन्चाइज लिगबाट रेस्ट लिन नेपाल आएको र आफूले केही समय घर परिवारलाई दिएको प्रष्ट पार्दै सबैभन्दा पहिलो कुरा स्वास्थ्यलाई ख्याल गरेर नै नखेलेको बताए ।
उनले आसन्न टी–२० विश्वकप क्वालिफायरका लागि सुरु हुने क्याम्पमा रहने बताउँदै फ्रेन्चाइज लिग भनेर छानेर मात्रै खेल्ने प्रतिक्रिया दिए । समय मिलेमा नेपालमा हुने अन्य घरेलु प्रतियोगितालाई पनि उत्तिकै महत्व दिने पनि उनले प्रष्ट पारे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।