नेदरल्याण्ड्सका हान एबिङ नेपाली राष्ट्रिय भलिबल टिमको प्रशिक्षक

 जेठ २८, २०७६ मंगलबार १४:२१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आसन्न एसियन सेन्ट्रोल जोन पुरुष भलिबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिमको प्रशिक्षकका रुपमा विदेशी प्रशिक्षक आउने भएका छन् ।

अन्तर्राष्ट्रिय भलिबल महासंघ ९एफआइभीभी० ले नेपालका लागि नेदरल्याण्ड्सका पूर्व खेलाडी तथा प्रशिक्षक हान एबिङलाई नेपाल पठाउन लागेको हो । उनी तीन महिनाका लागि असार चार गते नेपाल पुग्नेछन ।

नेपाल भलिबल संघको पहलमा डच प्रशिक्षक हान पहिलो पटक नेपाली भलिबलको प्रशिक्षकका रुपमा आउन लागेको हुन । २५ बर्ष लामो प्रशिक्षकको अनुभव बटुलेका हानले सात वर्ष डच भलिबल टिमको प्रशिक्षकका रुपमा काम गरेका थिए । उनले १९९७ देखि २००४ सम्म डच भलिबल टिमको प्रशिक्षकका रुपमा काम गरेका थिए ।

उनले २००४ देखि २००८ सम्म जर्मन महिला भलिबलको हेड कोचका रुपमा पनि काम गरेका थिए । जसमा उनले २००८ मा जर्मन कमको उपाधि दिलाएका थिए भने २००७ मा तेस्रो स्थान दिलाएका थिए । यसका साथै डच टिमको सहायक प्रशिक्षकका रुपमा काम गरेका हान युरोपियन भलिबलमा नै उच्च दर्जाका प्रशिक्षकका रुपमा कहलिन्छन् ।

२००८ देखि २०१३ सम्म जर्मनको महिला यू–२० टिमको प्रशिक्षक रहेका उनी २०१४ देखि २०१५ सम्म नेदरल्याण्डसको यू–२१ टिमको मुख्य प्रशिक्षक रहेका थिए ।

यस्तै उनी २०१५ देखि २०१६ सम्म स्विट्जरल्याण्ड भलिबल टिमको मुख्य प्रशिक्षक बनेका थिए । जसमा उनले टिमलाई सीईभी कपको क्वाटरफाइनलमा पुर्याएका थिए । त्यसपछि उनी २०१६ देखि २०१८ सम्म सुहील भलिबलको प्रशिक्षक रहेका थिए ।

१९८८ देखि प्रशिक्षककाे करियर सुरु गरेका उनले आफ्नो यो करियरमा दुई दर्जन भन्दा बढि उपाधि दिलाएका थिए जुसलाई युरोपियन भलिबलमा राम्रो उपलब्धिका रुपमा लिइएको छ ।

हानलाई ल्याएपछि नेपाली भलिबलमा परिवर्तन हुने अपेक्षा गरिएको छ । उनको नेपाल रहँदाको तलब एफआइभीभीले बेहोर्नेछ । उनले पुरुषका साथै महिला टिमलाई पनि प्रशिक्षण दिने बताइएको छ ।

सेन्ट्रले जोन पुरुष भलिबलमा पदक जिताउने लक्ष्यका साथ नेपाल आउन लागेका हानले असार ५ गतेबाट प्रशिक्षण सुरु गर्नेछन् । पुरुष राष्ट्रिय भलिबल टिमले साेमबारबाट तयारी सुरु गर्दैछ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया