विश्वकप क्रिकेट: शिखर धवन १ हप्ता मैदान बाहिर, न्यूजिल्याण्ड र पाकिस्तानसँगकाे खेल गुमाउने

 जेठ २८, २०७६ मंगलबार १६:२१:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय ब्याट्सम्यान शिखर धवन एक हप्ता विश्वकप नखेल्ने भएका छन् ।

अस्ट्रेलियाविरुद्ध शतक बनाएका धवन घाइते भएपछि एक हप्ता मैदान बाहिर हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अस्ट्रेलियाविरुद्ध धवनले १०९ बलमा ११७ रन बनाएका थिए । ब्याटिङका क्रममा उनको बाँया हातको औंला फ्याक्चर भएको थियाे जसका कारण उनी १ साता मैदानमा नरहने भएका हुन् । उनले १३ जुनमा न्यूजिल्याण्ड र १६ जुनमा पाकिस्तानविरुद्ध हुने खेल गुमाउने छन् ।

अस्ट्रेलियाविरुद्ध शानदार प्रदर्शन गरेका धवनलाई तीव्र गतिका बलर नेथन कुल्टर नाइलको बाउन्सर बल खेल्दा औंलामा चोट लागेको थियो । पहिलो इनिङमा ब्याटिङ गर्दा चोट लागेपछि धवनले त्यस दिन दोस्रो पारीमा फिल्डिङ नै गर्न सकेका थिएनन् ।

उनको ठाउँमा पुरै ५० ओभर रविन्द्र जडेजाले फिल्डिङ गरेका थिए । नटिङघमा एक्स रे गरेपछि उनको औँला फ्याक्चर भएको पत्ता लागेको थियो ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया