विश्वकप क्रिकेट: बंगलादेश र श्रीलंकाबीचकाे खेल वर्षाका कारण टस हुन सकेन

 जेठ २८, २०७६ मंगलबार १५:१५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी एक दिवसीय विश्वकप अन्तर्गत आज साेमबार बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।

वर्षाका कारण अहिले टस हुन सकेको छैन । ब्रिस्टोलमा हुने खेलमा पानी परेपछि टस केही ढिलो हुने भएको छ । लामो अवधिको प्रतियोगिता भए पनि दुवै टोलिका लागि अर्को चरणमा स्थान बनाउने सम्भावना कम हुँदै गइरहेको छ ।

बंगलादेश र श्रीलंका दुवै कठिन स्थितिमा छन् । उनीहरुले आफ्नो पहिलो तीनमध्ये एक-एक खेल जितेका छन् । अर्को चरणको सम्भावना जीवितै राख्न उनीहरुले बाँकी ६ मध्ये कम्तिमा ५ खेल जित्नैपर्ने हुन्छ ।

बंगलादेशको तुलनामा श्रीलंका केही सहज अवस्थामा छ । एक जितका साथसाथै पाकिस्तानविरुद्धको खेल वर्षाले रद्ध भएपछि अतिरिक्त अंक पनि श्रीलंकाको खातामा छ ।

श्रीलंकाले न्युजिल्याण्डविरुद्ध लज्जास्पद पराजय बेहोरेको थियो । अफगानिस्तानविरुद्ध उसले बलिङकाे सहायताले २ अंक हासिल गर्‍याे । नुवान प्रदीप र लसिथ मालिंगाले उत्कृष्ट प्रदर्शन गरेपछि उसले अफगानिस्तानलाई हराएको हो ।

अभ्यासका क्रमममा दाहिने हातको कान्छी औंलामा चोट लागेपछि नुवान प्रदीपले बंगलादेशविरुद्ध नखेल्ने सम्भावना बढेको छ । २० एक दिवसीय खेलमा ३३५ रन बनाउनुका साथै २० विकेट लिएका प्रदीपकाे अनुपस्थिति श्रीलंकाका लागि महंगो पर्न सक्छ । 

बंगलादेशले विश्वकपमा आफ्नो सुरुआति खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । तर, त्यसयताका दुई खेलमा उसले जित निकाल्न सकेकाे छैन ।

घरेलु टोली इंग्ल्याण्डसँग १ सय ६ रनको पराजय बेहोर्नुअघिको खेलमा बंगलादेश न्युजिल्याण्डसँग २ विकेटले पराजित भएको थियो । बंगलादेशले रन बनाउने र विकेट लिने आफ्नाे क्षमता प्रदर्शन गरिसकेको छ । निर्णायक खेलमा श्रीलंकाविरुद्ध उसको सबै पक्षले शतप्रतिशत प्रदर्शन गर्ने अपेक्षा कप्तान माश्रफे मोर्तजाले गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया