माइतीघरबाट मानव अधिकारकर्मी प्रहरीको नियन्त्रणमा

 असार २१, २०७५ बिहीबार १३:४७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकारले निषेध गरेको काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन गर्न पुगेका मानव अधिकारकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाको माग गर्दै बिहीबार बिहान निषेधित क्षेत्र माइतीघर मण्डलामा प्रर्दशन गर्न पुगेका आधा दर्जनभन्दा बढी मानव अधिकारकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सरकारले तोकेको निषेधित क्षेत्रमा बिरोध प्रर्दशनमा उत्रिएका मानव अधिकारीकर्मीहरुले वरिष्ठ चिकित्सक केसीको जायज माग सम्बोधन गर्न माग गर्दै सरकारविरुद्ध चर्काे नाराबाजी गरेका थिए । 

जुम्लामा पुगेर पुनः आमरण अनसनमा बस्नु भएका वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि जीवन रक्षा गर्न माग गर्दै निषेधित क्षेत्रमै मानव अधिकारकर्मीहरु प्रर्दशनमा उत्रिएका हुन । त्यसक्रममा प्रहरीले आधार दर्जनभन्दा बढी मानव अधिकारीकर्मीहरुलाई नियन्त्रणमा लिएको छ ।

नागरिक समाजका अगुवाहरु समेत सहभागी भएको प्रर्दशनमा प्रर्दशनकारीहरुले छोराको हत्यारालाई कारबाही गर्न माग गर्दै आमरण अनसन बसेकी गंगामाया अधिकारीको जीवन रक्षा गर्न समेत पहल नगरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका थिए । उनीहरुले नागरिकको स्वतन्त्रतापूर्वक विरोध प्रर्दशन गर्न पाउने अधिकार हनन हुने गरी काठमाडौंको विभिन्न स्थानमा निषेधित क्षेत्र तोकेकोमा आपत्ति जनाउँदै तत्काल हटाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन ।

सरकार नागरिकको अधिकार हनन गर्न योजनाबद्ध ढंगले लागेको मानव अधिकारकर्मीहरुको पनि गम्भीर आरोप छ ।

अन्तिम अपडेट: फागुन २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया