च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
आईसीसीका निवर्तमान मुख्य कार्यकारी डेभिड रिचर्डसनले वर्षाले प्रभावित विश्वकपका खेलहरु अन्य दिनमा खेलाउन नसकिने बताएका छन् ।
प्रतियोगिताको लामो तालिकाका कारण पनि व्यवहारिक नहुने उनको भनाइ छ । श्रीलंका र बंगलादेश तथा पाकिस्तान र श्रीलंकाबीचको खेल पानी परेपछि रद्द भएको थियो । दक्षिण अफ्रिका र वेस्टइण्डिजको खेलमा भने ७।३ ओभरको खेल हुँदा पानी परेपछि खेलको नतिजा आउन सकेकाे थिएन ।
रिचर्डसनले भने, ‘विश्वकपका हरेक खेल अन्य दिनमा तय गर्दा धेरै समय लाग्छ र यो व्यवहारिक पनि हुँदैन ।’
मौसम विभागका अनुसार अमेरिकामा जुन महिनामा औसत धेरै पानी पर्छ भने इंग्ल्याण्डमा तुलनात्मक रुपमा सुख्खा मौसम हुुन पर्ने हो । २०१८ को जुन महिनामा जम्मा २ मिलिमिटर पानी परेको थियो । यस वर्ष भने २४ घण्टामा १०० मिलिमिटर पानी परेको छ ।
पानीका कारण खेल अन्य सार्दा पिच र टिमको तयारी लगायतका विविध समस्याहरु उत्पन्न हुने पनि रिचर्डसनको भनाइ थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।