भारतमा ‘वायु’ चक्रवात, नेपालमा पनि प्रभाव पर्न सक्ने

 जेठ ३०, २०७६ बिहिबार ९:१८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतको गुजरात राज्यमा चक्रवात ‘वायु’ को प्रभाव देखिन थालेको छ । गुजरातको पोरबन्दर र जामनगरमा वर्षा र तीवै गतिको हावाहुरी चलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

वायुको सम्भावित असरलाई लिएर सतर्कता अपनाइएको बीबीसीले उल्लेख गरेको छ । भारतीय मौसम विभागले यो चक्रवातलाई गम्भीर श्रेणीको भएको बताएको छ । वायु नामक चक्रवात १६० किमी प्रतिघण्टाको दरले आउने पूर्वानुमान गरिएको छ । 

भारतका गृहमन्त्री अमित शाहले ट्विट गर्दै चक्रवातबाट जोगाउन गुजरातबाट ३ लाख र दीवबाट १० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिएका छन् । यो चक्रवात अरब सागरबाट उठेर आउने भारतको मौसम विभागले जनाएको छ । 

भारतको गुजरात आसपासमा भित्रिएको चक्रवातले नेपालमा पनि असर गर्नसक्न माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

पश्चिममा पश्चिमी वायु र भारतमा आउन लागेको चक्रवातको आशिंक प्रभाव पर्ने महाशाखाकी माैसमिवद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँले भन्नुभयाे ‘यो चक्रवात तथा पश्चिम बंगाल र बंगलादेश आसपासमा बनेको न्यूनचापीय क्षेत्रको असरले बिहीबार मध्यान्हपछि मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको छ ।’

‘‘वायु’ चक्रवातको असर आंशिक रुपमा पर्ने सम्भावना देखिएको छ ।’ मौसमविद् नगरकोटीले भन्नुभयो ‘वायु चक्रवात नै नेपालमा भित्रिन्छ भन्ने होइन तर यसको असरले शुक्रबार दिउँसो पानी पर्न सक्छ ।’ पश्चिम बंगाल र बंगलादेश आसपासमा बनेको न्यूनचापीय क्षेत्रको प्रभाव पनि देखिएको छ । माैसमविद् नगरकोटीले भन्नुभयो, ‘शुक्रबार तराइमा हावाहुरी र पश्चिमी उच्च हिमाली भेगमा हिमपात पनि हुने संभावना पनि रहेको छ ।’

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया