नयाँ सिजनका लागि म्यानचेस्टर युनाइटेडकाे आँखा एन्टोइन ग्रिजमनमाथि

 जेठ ३०, २०७६ बिहिबार १९:५८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

म्यानचेस्टर युनाइटेड नयाँ सिजनमा एट्लेटिको मड्रिडका खेलाडी एन्टोइन ग्रिजमनलाई अनुबन्ध गर्ने लक्ष्यमा रहेको छ ।

एट्लेटिकोबाट बार्सिलोना जाने तयारीमा रहेका ग्रिजमनलाई युनाइटेडले हाइज्याकका रुपमा ९५ मिलियन पाउण्डमा क्लबमा ल्याउने तयारीमा लागेको छ । विश्वकप विजेता फ्रान्सेली स्ट्राइकर ग्रिजमनलाई बार्सिलोनामा अनुबन्ध हुनु अगाडि नै मोटो रकममा आफ्नो क्लबमा तान्ने योजनामा युनाइटेडका प्रशिक्षक गुनर लागेका छन् ।

बार्सिलोनाले ग्रिजमनलाई अनुबन्धका लागि पहल गरे पनि सफल नभएपछि युनाइटेडले आँखा लगाएको हो । जसका लागि युनाइटेडले रोमेलु लुकाकु र पउल पोग्वालाई रिलिज गर्ने तयारी गरेको छ ।

२८ वर्षे ग्रिजमनले आफ्नो भविष्य स्पेनभन्दा बाहिर रहनसक्ने बताएपछि उनी युनाइटेड आउन चाहेको आशंका गरिएको हो । युरोकप छनोट अन्तर्गत एन्डोरा विरुद्धको खेलमा चार शून्यको जित निकालेपछि मिडियासँगको कुराकानीमा उनले आफू कहाँ जादैछु भन्ने थाहा भएकाे तर यसको निकास चाँडो भएमा झन राम्रो हुने भन्ने कुरा बताएका थिए ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया