च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – नेपाल र संयुक्त अधिराज्यबीच बेलायती गोर्खा सैनिकका विषयमा थप छलफल गर्ने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोलीको यही जेठ २७–२९ गतेको बेलायत भ्रमणका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बेलायतको विदेश तथा राष्ट्रमण्डल मामिला राज्यमन्त्री जेरेमी हन्टले संयुक्त विज्ञप्ति जारी गर्दै द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउन ‘गोर्खा सैनिक’ को महत्वपूर्ण भूमिका रहेको जनाई थप छलफल गर्ने सहमति गर्नुभएको हो ।
नेपालको सबैभन्दा पहिले २०० वर्षअघि बेलायतसँग कूटनीतिक सम्बन्ध स्थापना भई अहिले दुई देशबीचको सम्बन्ध व्यापक, गतिशील र विविध रहेको विज्ञप्तिमा जनाइएको छ । नेपाल र संयुक्त अधिराज्यबीच सम्बन्ध सुदृढ गर्न गोर्खा सैनिकको योगदानको सम्मान गर्दै दुवै देशले आगामी दिनमो गोर्खा सैनिक विषयमा छलफल गर्न निरन्तरता दिने सहमति जनाएका छन् ।
दुवै पक्षले नेपालको ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई ध्यानमा राखी नेपाल र बेलायतबीचको व्यापार र लगानी सम्बन्ध बलियो बनाउने विषयमा छलफल गरेका छन् । दुवै देशका मन्त्रालयले नेपालको आर्थिक विकासमा बेलायतले सबैभन्दा ठूलो दाताका हिसाबले महत्वपूर्ण सहयोग गरेको स्वीकारेका छन् ।
नेपालले आन्तरिक लगानीका लागि अझै राम्रो वातावरण खोजिरहेको र बेलायतले नेपालमा लगानी गर्न आफ्ना सम्भाव्य लगानीकर्तालाई प्रोत्साहन दिने सहमति पनि भएको छ । दुवै पक्षले दोहोरो कर हटाउने सहमतिको वार्तामा प्रगति भएको र सन् २०२० भित्र त्यसलाई लागू गर्ने सहमति जनाइएको छ ।
दुवै पक्षले नेपाल अल्पविकसित राष्ट्रको दर्जाबाट जतिसक्दो माथि उठ्ने र सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने नेपालको प्रयासलाई स्वीकारेका छन् । बेलायतको वैदेशिक तथा राष्ट्रमण्डल कार्यालयले नेपालको नयाँ राज्यव्यवस्थाअन्तर्गत नेपालका विकास प्रयासमा निरन्तर सहयोग गर्न बलियो विकास साझेदारीलाई स्वीकार गरेको छ । परराष्ट्र मन्त्रालयले गोरखा भूकम्पका बेला राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत गरेको काम र अन्य क्षेत्रमा नेपाली जनतालाई गरेको सहयोगप्रति बेलायती सहयोग नियोग (डीएफआइडी) को प्रशंसा गरेको छ । दुवै सरकारले जलवायु परिवर्तनका विषयमा एकार्काले लिएको बलियो नेतृत्व स्वीकार्दै सो चुनौतीको सामना गर्न द्विपक्षीय र बहुपक्षीय रुपमा मिलेर काम गर्ने सहमति गरेका छन् ।
दुवै देशले अन्तरराष्ट्रिय विधिमा आधारित पद्धति र बहुपक्षवादको महत्वलाई समर्थन गर्नेमा सहमति जनाएका छन् । दुवै राष्ट्र संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्य भएको कुरालाई ध्यानमा राख्दै अन्तरराष्ट्रिय मान्यता र मापदण्डअनुकूल मानवअधिकारको संरक्षण र प्रबद्र्धन गर्नमा दुवैले प्रतिबद्धता दोहोर्याएका छन् । त्यसैगरी मानव बेचबिखनविरुद्ध केन्द्रित हुने सहमति गर्दै सो कार्यसूचीमा बेलायती प्रधानमन्त्रीको नेतृत्व र प्रतिबद्धतालाई नेपालले स्वीकार्ने भएको छ ।
दुवै राष्ट्रले आआफ्ना मुलुकका कानुन र नियमबमोजिम अभिव्यक्ति र मिडिया स्वतन्त्रताप्रति प्रतिबद्धता जनाएका छन् । सन् २०१९ जुलाइमा लण्डनमा हुने मिडिया स्वतन्त्रता सम्मेलनमा नेपालको सहभगिताका लागि नेपाललाई अनुरोध गरेको छ । बिट्रिस काउन्सिलले नेपालमा आफ्नो काम थालेको ६० औँ वार्षिकोत्सव मनाउन लागेकामा स्वागत गर्दै नेपाली र बेलायती युवालाई नजीक ल्याउन गरिएको प्रयासको स्वागत गरिएको छ ।
उनीहरुले दुई देशबीचको जनस्तरको सम्बन्ध अझै बलियो बनाउने बताएका छन् । नेपाल भ्रमण वर्ष २०२० मार्फत बेलायती पर्यटकलाई आकर्षित गरेर आर्थिक पक्ष बलियो बनाउने नेपालको अभियानलाई बेलायतले सहयोग गर्ने बताएको छ । नेपाल भ्रमण गर्ने बेलायतीको सङ्ख्या यस वर्ष ६० हजार नाघेकामा खुशी व्यक्त गरिएको छ । दुई देशको सम्बन्ध मजबुत बनाउन क्रियाशील नागरिक समाज, सङ्घसंस्था र व्यक्तिको प्रशंसासमेत गरिएको छ । दुवै पक्षले विगतमा फराकिलो र बलियो सम्बन्ध रहेको जनाउँदै भविष्यमा आपसी सम्बन्धलाई अझ बलियो बनाउने प्रतिबद्धता जनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।