फिफाको नयाँ वरीयतामा नेपाल चार स्थान घटुवा

 जेठ ३१, २०७६ शुक्रबार १७:२२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

विश्व फुटबल महासंघ फिफाको नयाँ वरीयतामा नेपाल चार स्थान तल झरेको छ ।

फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ४ स्थान तल झर्दै १ सय ६५ औं स्थानमा पुगेको छ । नेपाल  यसअघि १ सय ६१ औं स्थानमा रहेको थियो ।

नेपालले यसै महिना मलेसिया र चाइनिज ताइपेइसँग २ वटा मैत्रिपूर्ण खेल खेलेको थियो जसमा एक खेलमा बराबरी र एक खेलमा हार बेहोरेको थियो । नयाँ वरीयता अनुसार नेपाल दक्षिण एसियाली स्तरमा तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा माथि भारत १ सय १ र माल्दिभ्स १ सय ५१ औं स्थानमा रहेका छन् ।

नेपालभन्दा तल बंगलादेश १ सय ८३ औंँ, भुटान १ सय ८६ औंँ, श्रीलंका २ सय १ औँ र पाकिस्तान २ सय ३ औंँ स्थानमा रहेका छन् । विश्व वरीयतामा भने बेल्जियम शीर्ष स्थानमा छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंङ्ल्याण्ड चौथो तथा पोर्चुगल पाँचौ स्थानमा रहेका छन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया