च्याम्पियन्स लिगमा लिभरपुल विजयी, रियल मड्रिड २–० ले पराजित
मंसिर १३, २०८१ बिहिबार
सर भिभियन रिचर्डस स्टेडियम, एण्टिगुआमा चलिरहेको टेस्टमा वेष्ट इन्डिजले पहिलो पारीमा बंगलादेशलाई जम्मा ४३ रनमा अल आउट गरेको छ ।
यो टेस्ट क्रिकेटको इतिहासमा एकै पारीमा सबैभन्दा थोरै रनमा अल आउट भएको विश्व कीर्तिमान भने होइन । यसभन्दा अघि सन् १९७४ मा भारत इंग्ल्याण्डसँग एकै पारीमा ४२ रनमा अल आउट भएको थियो ।
बंगलादेशको क्रिकेट इतिहासमा भने यो सबैभन्दा थोरै रनमा अल आउट भएको कीर्तिमान हो । यसअघि सन् २००७ मा श्रीलंकासँग ६२ रनमा अल आउट भएको थियो ।
एण्टिगुआ टेस्टमा पहिला ब्याटिङ गरेको बंगलादेश वेष्ट इन्डिजका सामू १८.२ ओभरमात्र क्रिजमा टिक्न सक्यो ।
वेष्ट इन्डिजका बलर केमार रोचले ५ ओभरमा जम्मा ८ रन खर्चेर ५ विकेट लिए । यो खेलमा उनले १२ बलभित्र ५ विकेट लिने विश्वका तेस्रा खेलाडी बन्न पुगेका छन् ।
यसअघि सन् १९०२ मा अष्ट्रेलियाका मोण्टी नोबलले इंग्ल्याण्डविरुद्ध र त्यसको ठीक एक सय वर्षपछि दक्षिण अफ्रिकाका ज्याक क्यालिसले सन् २००२मा बंगलादेशकै विरुद्ध १२ बलभित्र ५ विकेट लिने कीर्तिमान बनाइसकेका छन् ।
एन्टिंगा टेस्टमा ४३ रन बनाउने क्रममा लेटन दास एक्लैले २५ रन बनाएका थिए भने बाँकी १८ रन अन्य ९ ब्याट्सम्यानहरुले बनाएका हुन् ।
बंगलादेशका कप्तान र विश्वकै उत्कृष्ट अल राउण्डर शाकिव अल हसन पनि वेष्ट इन्डिजका बलरहरुसामू नीरिह रहे । उनले एक रन पनि बनाउन सकेनन् । उनी बाहेक अन्य ३ ब्याट्सम्यानहरुले पनि रनको खाता खोल्न सकेनन् ।
जवाफी ब्याटिङ गर्दै वेष्ट इन्डिजले पहिलो दिनको खेल सकिउन्जेल ६८ ओभर खेल्दै २ विकेटको क्षतिमा २०१ रन बनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।