मौसम : हावाहुरीसहित वर्षाको सम्भावना, तापक्रम केही मात्रामा घट्ने अनुमान

 असार २, २०७६ सोमबार ८:२६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एक सातायता बढेको तापक्रम सोमबारदेखि भने केही मात्रामा घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

सोमबार देशको धेरैजसो पहाडी भेगमा बेलुकीपख हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । महाशाखाका मौसमविद् मिनकुमार अर्यालले भन्नुभयो ‘बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावाको प्रभावका कारण सोमबार बिहानैदेखि पूर्वी भेगमा बदली भइरहेको छ र यो क्रम रातिसम्म नै रहन्छ । बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावाको प्रभावले नै पहाडी र हिमाली भेगको मौसम दिनभर आशिंकदेखि सामान्य बद्ली भई बेलुकीपख पानी पर्ने सम्भावना रहेको छ ।’

बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावाको प्रभाव सुदूरपश्चिम क्षेत्रमा नपरे पनि पश्चिमी वायुको प्रभावका कारण पानी पर्ने सम्भावना भने रहेको उहाँले बताउनुभयो । अझै एक दुई दिनको मौसम यस्तै रहने पनि उहाँको भनाइ छ ।

तराइमा भने सोमबार पनि हिजोअस्ती जस्तै गर्मी हुने सम्भावना रहेको मौसमविद् अर्यालले बताउनुभयो । केही दिनदेखि बढिरहेको गर्मीका कारण तराई क्षेत्रको जनजीवन भने प्रभावित भएको छ । गर्मी बढेपछि तराइका धेरै ठाउँमा विद्यालय बन्द गरिएको छ ।
 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया