सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
आसन्न आईसीसी टी–२० विश्वकपको एसिया छनोटका लागि पहिलो चरणमा २५ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । जसमा पहिलो पटक नन्दन यादवले स्थान बनाएका छन भने जितेन्द्र मुखीयाले कमब्या गर्न सफल भएका छन् ।
सिंगापुरमा जुलाई २२ देखि २८ सम्म हुने प्रतियोगिताका लागि पहिलो चरणमा समावेश गरिएका २५ खेलाडी यस प्रकार रहेका छन् ।
क्याम्पमा परेका खेलाडी
टिमले ५ गतेबाट बन्द प्रशिक्षण सुरु गर्नेछ । प्रशिक्षणमा जितेन्द्रले झण्डै दुई बर्षपछि कमब्याक गरेका हुन । पछिल्लो पटक चोटका कारण पनि उनी मैदान बाहिर रहदै आएका थिए । तर उनले फ्रेन्चाइजी लिग खेलेपनि राम्रो प्रदर्शन गर्न नसक्दा राष्ट्रिय टिमको क्याम्पमा पर्न सकेका थिएनन् । यस्तै युवा खेलाडी अमित श्रेष्ठले पनि पहिलो चरणमा स्थान बनाएका छन । क्याम्पमा यू–१९ टिमका पूर्व कप्तान राजु रिजालले पनि स्थान बनाएका छन् ।
यसपटक टिममा अनिल शाह, दिलिप नाथले स्थान बनाउन सकेनन् ।नेपाली टिमले टी–२० विश्वकपको एशिया छनोट अगाडी एक साताका लागि बैदेशिक प्रशिक्षणको योजना बनाएको छ । तर आइसीसीले सो योजनाको एकिन भने गर्न सकेको छैन ।
सिंगापुरमा हुने प्रतियोगितामा नेपालले पहिलो खेल २३ जुलाइमा कतारसँग पहिलाे खेल खेल्नेछन् ।