हुम्ला जीप दुर्घटना : नदीमा हराइरहेकाको खोजी गर्न गोताखोरको टोली जाँदै

 असार ४, २०७६ बुधबार ११:९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हुम्लाको खार्पुनाथ गाउँपालिकामा जीप कर्णाली नदीमा खसेर हराएकाहरुको अवस्था पत्ता लगाउनका लागि काठमाण्डौबाट गोताखोरको टोली घटनास्थलतर्फ गएको छ । 

मंगलबारदेखि  नै दुर्घटनामा परेर हराएकाहरुको अवस्था थाहा हुन नसकेपछि अहिले गोताखोरको टोली घटनास्थलतर्फ गएको हो । नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टर काठमाण्डौबाट चितवनको कुरिनटारमा रहेको गोताखोरको टोलीलाई लिएर हुम्लातर्फ गएको छ । 

टोलीले केहीबेरमा घटनास्थल पुगेर खोजी सुरु गर्ने भए पनि कति समय लाग्छ भन्ने एकिन नभएको हुम्ला प्रहरीले जनाएको छ । प्रविधिको पर्याप्त ब्यवस्था नहुँदा र गहिरो नदीका कारण खोजी कार्यमा समस्या भएको हो । 

मंगलबार खार्पुनाथ गाउँपालिका–५ मा लु १ ज ७१६६ नम्बरको जीप कर्णाली नदीमा खस्दा गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमालसहित १० जना बेपत्ता भएका छन् ।  


 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया