खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
घाँसको पनि पुल हुन्छ भन्दा अचम्म लाग्न सक्छ । तर पेरुको कुस्को इलाकामा रहेको अपुरिमेक नदीमाथि घाँसकै पुल छ । जुन घाँसको पुल हरेक वर्ष मर्मत गरिन्छ र पुरानो पुलको स्थानमा नयाँ पुलको निर्माण गरिन्छ ।
जसलाई 'इंका रोप ब्रिज' पनि भनिन्छ, किनकि सबैभन्दा पहिला इंका साम्राज्यको समयमा पुल बनाउनको लागि यो उपायको प्रयोग गरिएको थियो । मोटो डोरीको सहारामा हावामा लट्किएको यो पुललाई हातले बुनिन्छ र यो पुल नै पछिल्लो ६ सय वर्षदेखि मानिसहरुको आवतजावत गर्ने साधन बनेको छ ।
इंका नेटवर्कको एक हिस्सा इंका साम्राज्यको शहर र कस्बोंलाई जोड्छ । संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र साँस्कृतिक संगठन (युनेस्को) ले यो पुललाई विश्व धरोहरको रुपमा पनि घोषित गरेको छ ।
परम्पराअनुसार, पुल बनाउनका लागि केवल पुरुषहरुले मात्र भाग लिन पाउँछन् भने महिलाहरु नदीको दुई भागको अग्लो स्थानमा बसेर छोटा–छोटा डोरी बुन्छन् ।
मुख्य पुल ६ वटा ठूला डोरीबाट बनाउने गरिन्छ, जुन डोरीको मोटाइ एक फुटसम्म हुन्छ । जसलाई पातलो-पातलो १२० डोरी मिलाएर बनाइन्छ ।
डोरी बनाउनको लागि स्थानीय मजबुत घाँस, जसलाई स्थानीय भाषामा 'इचू' को नामबाट चिनिन्छ । यो घाँसलाई सबैभन्दा पहिला ढुंगाले पिटिन्छ र पानीमा भिजाइन्छ, जसका कारण घाँस मुलायम हुन्छ र डोरी बाट्न सजिलो हुन्छ ।
घाँसको पुल बनाउने काममा लाग्ने मानिसहरुका लागि चिकेन, ट्राउट माछा आदिबाट बनेको परिकार बनाइन्छ ।
पुल बनाउने पुरै प्रक्रियामा कुनै पनि नयाँ आधुनिक सामान, उपकरण र मेसिनको प्रयोग गरिँदैन । घाँस र मानिसहरुको बलको जरुरत हुन्छ ।
केस्वाचाका पुल वर्षमा एक पटक बनाइन्छ र चौथो दिन खाने र संगीतको कार्यक्रमसँगै उत्सव मनाइन्छ, जुन दिन सामान्यतया जुन महिनाको दोस्रो आइतबार पर्दछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।