च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - नेपाली यू-२३ राष्ट्रिय टिमका गोलकिपर अर्पण कार्की भुटान प्रिमियर लिग खेल्न बुधबार भुटान प्रस्थान गरेका छन् ।
नेपाल यू–१९ टिमका कप्तान तथा गोलकिपरसमेत रहेका अर्पणले पारो एफसीबाट पहिलो पटक भुटानी लिग खेल्न लागेका हुन् । समग्रमा अपर्णको यो दोस्रो भुटान बसाइ हो ।
यसअघि पनि नकआउट फुटबलमा पारो एफसीबाट खेलिसकेका अर्पणलाई त्यसबेला गरेको उत्कृष्ट प्रदर्शनकै कारण यस पटक लिग खेल्न बोलाएको हो ।
अर्पणले यसअघि पारोबाट नकआउट प्रतियोगिता जिग्मे दोर्जे वाङ्चुक गोल्डकप खेलेका थिए । त्यस प्रतियोगितामा अर्पणले गरेको उत्कृष्ट प्रदर्शनका कारण पनि पारो एफसी च्याम्पियन बनेको थियो । भुटान प्रिमियर लिग यही जुन २२ देखि सुरु हुँदैछ । लिग ६ महिना चल्ने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।