एएफसी कप : मनाङ मर्स्याङ्दीकाे लगातार खराब प्रदर्शन, ढाका अबहनीसँग ५-० ले हार्‍याे

 असार ४, २०७६ बुधबार १९:५१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

एएफसी कपमा नेपाली लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले अर्को पराजय भोगेको छ । लगातार खराब प्रदर्शन गरेको मनाङ पाँच खेल सकिँदा जितविहीन छ ।

बुधबार भएको खेलमा मनाङ बंगलादेशको लिग च्याम्पियन ढाका अबहनीसँग ५-० को पराजय भोग्न बाध्य भयो । ढाकामा भएको खेलमा जित हात पार्दै अबहनी समूह इको शीर्ष स्थानमा उक्लिएको छ । उत्कृष्ट प्रदर्शन गर्दै अबहानीले पहिलो हाफ र दोस्रो दुई दुई गोल गर्‍यो ।

सातौं मिनेटमा नै नविब निवाज जीवनले गोल गर्दै अबहनीलाई अग्रता दिलाएका थिए । इन्ज्युरी समयमा केरभेन्स बेलफोर्टले गोल गरेपछि बंगलादेशी टिमले पहिलो हाफमा २-० को अग्रता लिएको थियो ।

६३औं मिनेटमा मोहम्मद जेवेल रानाले गोल गर्दा अबहनीले अग्रता ३-० मा लम्ब्यायो । ७५औं मिनेटमा सन्डे अवादियालुले गोल गरेपछि ढाकाले ४-० को अग्रता बनायाे । खेल सकिन केही सेकेन्ड मात्र बाँकी रहँदा एम ममुनले अबहनीका लागि गाेल गरेपछि उसले ५-० काे जित  निकालेको हो ।

जितसँगै ढाकाले पाँच खेलबाट १० अंक बनाउँदै नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

समूह ईमा एफसी चेन्नईन ५ खेलबाट ८ अंक बनाउँदै दोस्रो स्थानमा छ । समान खेलबाट मिनर्भा पञ्जाब ५ अंक जोड्नै तेस्रो स्थानमा छ भने अहिलेसम्म एउटा पनि जित निकाल्न नसकेको मनाङ पुछारमा छ । मनाङले दुई खेल बराबरी खेल्दै २ अंक बनाएको छ ।

 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया