खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
फिफा महिला विश्वकपमा अर्जेन्टिना हारबाट जोगिएको छ । अन्तिम १५ मिनेटमा तीन गोल गरेपछि अर्जेन्टिनाले स्कटल्याण्डलाई ३–३ गोलको बराबरीमा रोकेको हो ।
स्कटल्याण्डले १९ औं मिनेटमा किम लिटिलको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा यही गोलको अग्रता लिएको स्कटल्याण्डले ४९औं मिनेटमा दोस्रो गोल गर्यो । जेनिफर बिटीले गोल गर्दै स्कटल्याण्डको अग्रता २–० मा लम्ब्याइन् । ६९औं मिनेटमा इरिन कटबर्टले गोल गरेपछि स्कटल्याण्डले तीन गोलको अग्रता लियो ।
तर अर्जेन्टिनाले अन्तिम १५ मिनेटमा तीन गोल गर्यो । ७४औं मिनेटमा मिलाग्रोस मेनेडेजले गोल गरिन् । त्यसपछि ७९औं मिनेटमा गोलपिकर लि अलेक्सान्दरले आत्मघाती गोल गर्न पुगिन् । क्रशबारमा लागेको बल गोलकिपरलाई ठोकिएर गोल भएपछि अर्जेन्टिनाले स्कटल्याण्डको अग्रता ३–२ मा छा्ट्यायो ।
इन्ज्युरी समयको अन्तिम मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पायो । पहिलो पेनाल्टी प्रहार लिग अलेक्सान्दरले रोकेकी थिइन । तर, भीएआरले गोलकिपरको गल्ति देखाएपछि फेरि लिइएको पेनाल्टीलाई मारिया बोन्सेगुन्डोले गोल गर्दै अर्जेन्टिनाको नकआउट चरणको झिनो आशा कायम राखिन् । समूहमा अर्जेन्टिनाको दुई बराबरीबाट २ अंक छ । स्कटल्याण्डको एक अंकमात्र छ ।
समूह डी अन्तर्गतको खेलमा स्कटल्याण्ड र अर्जेन्टिनाले अंक बाँढ्दा पराजित भएको जापानलाई फाइदा भएको छ । जापान समूहको उपविजेता बन्दै प्रिक्वार्टर फाइनलमा पुगेको छ । अन्तिम खेलमा जापान इंग्ल्याण्डसँग २–० ले पराजित भयो ।
इंग्ल्याण्डलाई जित दिलाउनका लागि एलिन ह्वाइटले दुई गोल गरिन् । ह्वाइटले १४औं र ८४औं मिनेटमा गोल गरेकी थिइन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।