च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले पाराग्वेसँग बराबरी खेलेको छ । बिहीबार बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेसँग एक–एक गोलको बराबरी खेलेको हो ।
अर्जेन्टिना भन्दा उत्कृष्ट खेल खेलेको पाराग्वेले लगातार दाबव बनाएको थियो । ३७ औं मिनेटमा गोल गर्दै पाराग्वले पहिलो हाफमा १–० को अग्रता बनाउन सफल भयो । पाराग्वेका लागि रिचर्ड राफेस सान्सेजले गोल गरेका थिए ।
१–० ले पछि परेको अर्जेन्टिनाले ५४ मिनेटमा भीएआरका कारण पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई लियोनल मेस्सीले गोलमा परिणत गर्दै अर्जेन्टिनालाई खेलमा फर्काएका थिए । पाराग्वेका अल्बर्टो गोन्जालेजले पेनाल्टी मिस गरेपछि अग्रता बनाउन असफल भए ।
त्यसपछि थप गोल हुन नसकेपछि दुवै टिमले एक–एक अंक लिन सफल भए । पहिलो खेलमा कोलम्बियासँग पराजित भएको अर्जेन्टिनालाई दोस्रो चरणमा प्रवेश गर्न कठिन बनेको छ ।
तालिकामा १ अंक जोडेको अर्जेन्टिना समूह बीको चौथो स्थानमा छ भने ६अंक जोडेको कोलम्बिया शीर्ष स्थानमा छ । अबको खेलमा कोलम्बिायलो पाराग्वेलाई पराजित गर्दा अर्जेन्टिनाले कतारलाई हराए अर्जेन्टिना दोस्रो चरणमा पुग्ने छ ।
यसअघि भएको खेलमा कोलम्बियाले कतारलाई १–० ले पराजित गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
काजीबा
June 20, 2019, 9:08 a.m.कोपा अमेरिका मा कतार ??? गेडागुडी