महिला क्रिकेटमा खुसीकाे कीर्तिमान, एक रन नदिइ लिइन् ५ विकेट

 असार ५, २०७६ बिहिबार १४:२३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

कञ्चनपुर - प्रधानमन्त्री कप टी–२० महिला क्रिकेटमा प्रदेश तीनले पहिलो जित निकालेको छ । उसले कर्णाली प्रदेशलाई ९० रनले हरायो । 

महेन्द्रनगरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश तीनले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ५६ रन बनायो । उसका लागि अस्मिता खरेलले २८ रन बनाइन भने अस्मिता कर्माचार्यले ४७ रनको योगदान गरिन । यस्तै कञ्चना श्रेष्ठले २८ तथा सुमन खतिवडाले २१ रन थपिन् । 

जवाफमा कर्णाली प्रदेश १५ ओभर तीन बलमा मात्र ६६ रनमा अलआउट भयो । उसका लागि रुबिना चौधरीले २२ तथा लक्ष्मी रिमालले ११ रन बनाउनुबाहेक अरु खेलाडीले राम्रो खेल्न सकेनन् । उसका चार खेलाडीले खाता खोल्न सकेनन् । 

कर्णालीलाई कम स्कोरमा रोक्न खुसी डंगोलले ५ विकेट लिइन् । उनले एक ओभर तीन बलमा बिनारन ५ विकेट लिइन । नेपाली महिला क्रिकेटमा एक रन पनि नदिइ ५ विकेट लिने खुसी पहिलो खेलाडी बनिन् ।

नेपाली पुरुष क्रिकेटमा पनि एक रन पनि खर्च नगरी ५ विकेट कसैले पनि लिएका छैनन् ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया