फिफा महिला विश्वकप : अमेरिकाकाे शतप्रतिशत जित कायमै, यी हुन् अन्तिम १६ मा पुग्ने टिम

 असार ६, २०७६ शुक्रबार ६:४८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फिफा महिला विश्वकपको डिफेन्डिङ च्याम्पियन अमेरिकाले आफ्नो लय कायम राख्दै समूह चरणमा शतप्रतिशत जित निकालेको छ । समूह चरणको अन्तिम खेलमा अमेरिकाले स्वीडेनलाई हराउँदै समूहको विजेता बनेको छ । 

अमेरिकाले स्विडेनलाई २–० ले हराउँदै प्रिक्वार्टर फाइनलमा स्पेनसँगको भेट पक्का गरेको छ । लि हार्भेमा भएको खेलको तेस्रो मिनेटमै लिन्डसे होरानले गोल गर्दै अमेरिकालाई अग्रता दिलाइन् । ५०औं मिनेटमा जोन्ना एन्डरसनले आत्मघाती गोल गरेपछि अमेरिकाले अग्रता २–० मा लम्ब्यायो । त्यही अग्रता कायम राख्दै अमेरिका विजयी भयो ।

न्यूजिल्याण्डलाई हराउँदै क्यामरुन पनि नकआउट चरणमा पुग्यो । अघिल्ला दुई खेलमा पराजित क्यामरुनले न्यूजिल्याण्डलाई २–१ ले हरायो । क्यामरुनको जितमा अजारा एनचाउटले दुई गोल गरिन् । पहिलो हाफ गोलरहित बनेको खेलको ५७औं मिनेटमा एनचाउटले गोल गर्दै क्यामरुनलाई अग्रता दिलाइन् ।

८०औं मिनेटमा अरुल्ले अवनाले आत्मघाती गोल गरेपछि न्यूजिल्याण्ड खेलमा फर्कियो । दोस्रो हाफको इन्ज्युरी समयमा एनचोउटले दोस्रो गोल गर्दा क्यामरुन अन्तिम १६ मा प्रवेश गर्न सफल भयो । 

सेमिफाइनलमा कसको प्रतिद्वन्द्वी को ?

जर्मनी भर्सेस नाइजेरिया

नर्वे भर्सेस अष्ट्रेलिया

इंग्ल्याण्ड भर्सेस क्यामरुन

फ्रान्स भर्सेस ब्राजिल

स्पेन भर्सेस अमेरिका

स्वीडेन भर्सेस क्यानडा

इटाली भर्सेस चीन

नेदरल्याण्ड्स भर्सेस जापान
 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया