काेपा अमेरिका फुटबल : उरुग्वे र जापानले २-२ काे बराबरीमा राेकिए

 असार ६, २०७६ शुक्रबार ६:५५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

कोपा अमेरिका कप फुटबलमा उरुग्वे जापानसँग २-२ गाेलकाे बराबरीमा रोकिएको छ ।

ब्राजिलको पोर्टो एलेग्रोमा भएको खेलमा जापानले दुई पटकको अग्रतालाई जोगाउन सकेन । खेलको २५ औं मिनेटमा कोजी मियोसीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर ३२ औं मिनेटमा उरुग्वेले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा पुर्‍यायाे । उसका लागि लुइस स्वारेजले गोल गरे ।

पहिलो हाफ एक-एक गोलको बराबरी भएको खेलको ५९ औं मिनेटमा फेरि मियोसीले गोल गर्दै जापानलाई अग्रता दिलाए । तर ६६ औं मिनेटमा जिमिनेजले गाेल गर्दै उरुग्वेलाई बराबरीमा पुर्‍याए ।

त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र उरुग्वेले अंक बाँड्न बाध्य भयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया