च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
विश्वकप विजेता स्पेनी फुटबल खेलाडी फर्नान्डो टोरेसले खेलाडी जीवनबाट सन्यास लिएका छन् । ३५ वर्षीय टोरेसले आफ्नाे १८ वर्षे करियरलाई अन्त्य गर्दै खेलाडी जीवनबाट टाढा हुने निर्णय गरेका हुन् ।
स्पेनको राष्ट्रिय टिमबाट एक सय १० खेल खेलेका टोरेसअहिले सगान तोसुबाट व्यावसायिक फुृटबल खेलिरहेका छन् । उनले क्लब स्तरमा एट्लेटिको मड्रिड, लिभरपुल र चेल्सीबाट खेलेका थिए । २००८ को युरो कपको उपाधि स्पेनले जित्दा टोरेसले विजयी गोल गरेका थिए । यसका साथै उनी २०१२ को युरोकपको उपाधि जित्दा पनि मुख्य खेलाडीका रुपमा हेरिएका थिए ।
सन्यासको घोषणा गर्दै टोरेसले १८ वर्षको करियरलाई विश्राम दिने बेला आएको भन्दै ट्वीट गरेका छन् । यसका साथै उनले आइतबार जापानको टोकियोमा पत्रकार सम्मलेन गरेर सम्पूर्ण विवरण बताउनेसमेत उल्लेख गरेका छन् ।
टोरेसको करियर २००७ मा एट्लेटिकोबाट २० मिलियन पाउण्डमा लिभरपुल गएपछि बढी चर्चामा आएको थियो । लिभरपुलका लागि एक सय ४२ खेलमा ८१ गोल गरेका थिए ।
२०११ मा खेलाडी अनुबन्धमा बेलायती क्लबको रेकर्ड तोड्दै ५० मिलियन पाउण्डमा चेल्सीमा अनुबन्ध भएका थिए । तर चेल्सीमा उनले खासै राम्रो गर्न सकेनन् । टोरेसले २०१३ मा युरोपा लिगको उपाधि दिलाउँदा बेन्फिकाविरुद्ध गोल गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।