अफ्रिका कप अफ् नेसन्स : आयाेजक इजिप्टकाे विजयी सुरुवात

 असार ७, २०७६ शनिबार ७:२३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

आयोजक इजिप्टले अफ्रिका कप अफ् नेसन्समा संघर्षपूर्ण जितसहित विजयी सुरुवात गरेको छ ।

मोहम्मद सलाह प्रेरित आयोजक टोली इजिप्टले जिम्बाब्वेविरुद्ध १–० को  जित दर्ता गरेको हो । इजिप्टका महमु ट्रेजेगेटले पहिलो हाफको ४१ औं मिनेटमा गरेको गरेको गोल नै निर्णायक बनेको थियो । 

जितसँगै इजिप्ट समूह ‘ए’ मा ३ अंक जोडेको छ । जिम्बाब्वे पुछारमा छ । यो समूहमा कंगो र युगान्डा रहेका छन् ।

अफ्रिकी महादेशको सबै भन्दा  ठूलो प्रतियोगिता अफ्रिका कप अफ् नेसन्स हो ।
 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया