अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा यौन उत्पीडन आरोपको खण्डन

 असार ७, २०७६ शनिबार १६:३१:२९ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि लागेको यौन उत्पीडन आरोपको खण्डन गर्दै आराेप लगाउने महिलाले लेख बिकाउनका लागि यस्ताे आराेप लगाएकाे बताउनुभएकाे छ ।  

एक महिलाले ट्रम्पमाथि सन् १९९० को दशकमा यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । ट्रम्पले भने आफूमाथि आरोप लगाउने जिन केरोल नामकी महिलासँग कहिले पनि भेट नभएको बताउनुभएकाे छ । राष्ट्रपति ट्रम्पले नयाँ किताब बेच्नका लागि ती महिलाले आफूमाथि आरोप लगाएको बताउनुभयाे । 

गएको शुक्रबार केरोलको कथा न्यूयोर्क पत्रिकामा प्रकाशित भएको थियो । केरोलले आफ्नो लेखमा ६ जना पुरुषविरुद्ध यौन शोषणको आरोप लगाएकी थिइन्, जसमध्ये अमेरिकी राष्ट्रपति पनि एक थिए । 

‘उनको यो किताब कुनै काल्पनिक विभागमा बेचिनुपर्छ, यो मुद्दामा एउटा पनि गतिलो प्रमाण छैन, ट्रम्पले भने । यस अघि पनि दर्जनौं महिलाहरुले ट्रम्पविरुद्ध यौन शोषणको आरोप लगाएका थिए, जसलाई उहाँले अस्विकार गर्दै आउनुभएकाे थियाे ।  

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया