च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई पेनाल्टीमा पराजित गर्दै नर्वे फिफा महिला विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
फ्रान्सको निसमा भएको प्रिक्वार्टरफाइनलमा नर्वेले अष्ट्रेलियालाई पेनाल्टीमा ४–१ ले हरायो । निर्धारित समय र आधा घण्टाको अतिरिक्त समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो ।
३१औं मिनेटमा इसाबेल हर्लोभसेनले गोल गर्दै नर्वेलाई अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा इलिसे केलोन्ड नाइटले गोल गर्दै खेल बराबरीमा पुर्याइन् । नियमित ९० मिनेटमा गोल हुन सकेन ।
त्यसपछि थपिएको आधा घण्टाको अतिरिक्त समयमा गोल हुन सकेन । तर अष्ट्रेलियाकी डिफेन्डर एलाना क्यानेडी रातो कार्ड खान पुगिन् ।
पेनाल्टीमा नर्वेका क्यारोलिन ग्राहम, गुरो रिटेन, मारेन मेल्डे र इनग्रिड इन्गेनले गोल गरेका थिए । अष्ट्रेलियाका स्याम केरको प्रहार बाहिरिएको थियो भने इमिली गिल्निकको प्रहार नर्वेकी गोलकिपरले बचाएकी थिइन् । स्टेफेन क्याटलीको प्रहार भने गोलमा परिणत भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।