नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ सय ...
मंसिर १०, २०८१ सोमबार
उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई व्यक्तिगत चिठी लेखेको बताएका छन् ।
कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) का अनुसार, अमेरिकी राष्ट्रपति ट्रम्पले लेखेको चिठीलाई किम जोङले ‘उत्कृष्ट’ बताउँदै गम्भीर विषयमा छलफल गर्न तयार रहेको बताएका छन् ।
उत्तर कोरियाली नेता किमले चिठीको प्रशंसा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पको ‘असाधारण साहस’ को तारिफ पनि गरेका छन् । यद्दपि ट्रम्पले पठाएको चिठी किमले कहिले र कसरी प्राप्त गरे भन्ने विषयमा केही बताइएको छैन ।
यो महिनाको सुरुमा नै अमेरिकी राष्ट्रपति ट्रम्पले एउटा सुन्दर चिठी उत्तर कोरियाली नेता किमलाई पठाइएको बताएका थिए । बितेका केही महिनामा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमको पक्षमा नै बोल्दै आएका छन् ।
गएको मे महिनामा जापना भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमलाई ‘निकै चतुर व्यक्ति’ बताउँदै उत्तर कोरियाबाट निकै सकारात्मक कामको अपेक्षा गरेको बताएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।