इथियाेपियामा सेना प्रमुखको गोली हानी हत्या

 असार ८, २०७६ आइतबार १६:२३:५९ | एजेन्सी
unn.prixa.net

इथियाेपियाको राजधानी अदिस अबाबामा सेना प्रमुख सियर मेकोनेनको गोली हानेर हत्या गरिएको छ ।  

इथियाेपियाका प्रधानमन्त्री अबे अहमदले टेलिभिजनबाट राष्ट्रको नाममा सम्बोधन गर्दै अंगरक्षकले नै प्रधान सेनापतिको हत्या गरेको बताएका छन् ।  यद्दपि अम्हारा राज्यमा भएको असफल सैनिक सत्ता विद्रोहलाई भने सरकारले विफल बनाएको प्रधानमन्त्रीले जनाएका छन् ।   

गोलीकाण्डमा अम्हारा राज्यका अध्यक्ष अम्बाचे मोकोनन र उनका सल्लाहकारको पनि ज्यान गएको छ । पछिल्ला केही वर्षमा अम्हारा र अन्य राज्यमा जातीय हिंसाले उग्ररुप लिएको छ । 

पछिल्लो वर्षको चुनावपछि अबेले राजनीतिक दमन समाप्त गर्नका लागि राजनीतिक कैदीको रिहा, राजनीतिक दलको प्रतिबन्ध हटाउने र मानवअधिकार हनन गर्नेमाथि मुद्दा चलाउने काम गरेका थिए । 

अमेरिकी विदेश विभागले अदिस अबाबामा आफ्ना कर्मचारीहरुलाई गोलीकाण्डबारे सचेत गराउँदै सूचना जारी गरेको छ ।  
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया