च्याम्पियन्स लिगमा लिभरपुल विजयी, रियल मड्रिड २–० ले पराजित
मंसिर १३, २०८१ बिहिबार
काठमाडौं – नेपालले अन्तर्राष्ट्रिय मान्यता पाएपछिको पहिलो विदेश भ्रमणका लागि टिमको घोषणा गरेको छ ।
बेलायतमा हुन मेरिलबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्याण्ड्सविरुद्धको खेल र नेदरल्याण्डस्मा हुने घरेलु टिमविरुद्धको एकदिवसीय खेलका लागि २० सदस्यीय टिमको घोषणा गरेको छ ।
दुई वटा अन्तर्राष्ट्रिय श्रृखंलाका लागि घोषणा गरिएको टिममा विनोद भण्डारी र सुवास खकुरेल, प्रदिप ऐरीले कमब्याक गरेका छन । यस्तै हरि क्षेत्रीले पहिलो पटक टिममा स्थान बनाएका छन । पारस खड्काको कप्तानीमा रहेको टिममा अनिल शाह, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, हरि क्षेत्री, करन केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, प्रदिप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल, सुनिल धमला, सुसान भारी रहेका छन ।
नेपालले यही जुलाई २९ तारिखमा लर्डमा त्रिकोणात्मक श्रृखंला खेल्नेछ । टी–२० फरम्याटमा हुने प्रतियोगितामा नेपालसहित एमसीसी र डच टिमको सहभागिता रहेको छ । नेपाल र नेदरल्याण्ड्सबीचको खेललाई आइसीसीले अन्तर्राष्ट्रिय मान्यता दिएको छ ।
त्यसपछि नेपाली टिम दुई एकदिवसीय खेलका लागि नेदरल्याण्ड्स जानेछ । जहाँ नेपालले घरेलु टिमसँग अगष्ट १ र ३ मा दुई खेल खेल्नेछ । नेपाली टिमले भोलिदेखि बन्द प्रशिक्षण गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।