‘शुज सेन्टर’मा जाँगरिली सुस्मिता : पसिना बगाएर खान के को लाज !
मंसिर २१, २०७६ शनिबार
आईसीसी विश्वकप क्रिकेटको १२ औं संस्करण इंग्ल्याण्ड र वेल्समा जारी छ । विश्वकप मैदानमा हेर्नुको मज्जा छुट्टै छ । तर मैदानमा हेर्नेको संख्या सीमित हुन्छ भने टेलिभिजनको पर्दामा हेर्न र रेडियोमा सुन्नेको संख्या करोडौँ हुने गर्छ ।
त्यसैले त मानिसहरु टेलिभिजन क्रिकेट हेर्नेका लागि ‘कमेन्ट्री’ अनिवार्य जस्तै हुन्छ । होइन भने यसको मजा लिन कठिन हुने गर्छ । आईसीसीले विश्वकपका लागि कमेन्ट्री गर्ने टिम नै बनाएको छ ।
भारतबाट पूर्व क्रिकेटरहरु हिन्दी र अंग्रेजीमा कमेन्ट्री गरिरहेको तपाइँ हामीले पक्कै देखेका छौँ । अझ भनौँ भारतका विभिन्न प्रान्तमा बोलिने भाषमा पनि कमेन्ट्री भइरहेको छ ।
यसैबीच भारतीय क्रिकेट बोर्ड बीसीसीआईले ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ भन्दै भारतीय पूर्व खेलाडीहरु सचिन तेन्दुलकर, सौरभ गांगुली, विरेन्द्र सहवाग, मोहम्मद केफ लगायतले राम्रो कमेन्ट्री गरिरहेकाले उनीहरुलाई आईपीएलमा पनि कमेन्ट्री गर्ने भूमिका मात्रै लिन आग्रह गरेको छ ।
आईपीएलका विभिन्न फ्रेन्चाइज टिमसँग आवद्ध भएर काम गरिरहेकाले उनीहरुलाई अबदेखि कमेन्ट्री मात्रै गर्न र टिमसँगको सम्बन्ध तोड्न भनेको हो । तर यस विषयमा पूर्व क्रिकेटरहरुले कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।