च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
समूह ‘बी’बाट अर्जेन्टिना उप-विजेता बन्दा कोलम्बिया विजेताको रुपमा क्वार्टरफाइनलमा प्रवेश गरेको हो । आइतबार राति भएको खेलमा अर्जेन्टिनाले आमन्त्रित राष्ट्र कतारमाथि २–० को जित निकालेको थियो ।
पहिलो खेलमा कोलम्बियासँग पराजित भएको अर्जेन्टिना दोस्रो खेलमा पाराग्वेलाई बराबरीमा रोकेको थियो । कतारविरुद्ध अर्जेन्टिनका लौटारो जाभियर मार्टिनेजले चौथो मिनेटमै गोल गर्दै सुरुआती अग्रता दिलाए ।
कतारका डिफेन्डरले आफ्नै पेनाल्टी क्षेत्रबाट क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिँदै मार्टिनेजले गोल गर्न सफल भए । पहिलो हाफमा १ गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा पनि एक गोल थपेको थियो ।
८२ औं मिनेटमा सर्जियो अग्युरोले पाउलो डिबालाको पासलाई सदुपयोग गर्दै टिमका लागि दोस्रो गोल गरेर जित निश्चित गरे ।
समूहको अर्को खेलमा कोलोम्बियाले पाराग्वेलाई १–० ले हरायो ।
कोलोम्बियाको जितमा गुस्ताभो क्वेलारले एकमात्र गोल गरे । जितसँगै काेलम्बिया पनि क्वार्टर फाइनलमा प्रवेश गरेकाे छ ।
लगातार तेस्रो जित दर्ता गरेको कोलोम्बिया अंक तालिकाको शीर्ष स्थानमा रह्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।