कोनकाफ फुटबल : क्यानडा र मेक्सिको क्वार्टरफाइनलमा

 असार ९, २०७६ सोमबार १०:४८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

कोनकाफ अमेरिका फुटबलमा क्यानडाले क्युवालाई ७–० गोलले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

जसमा क्यानडाका २ जना खेलाडीले ह्याट्रिक समेत गरेका छन् । साेमबार बिहान सकिएको खेलमा क्यानडाले खेल सुरु भएको तेस्रो मिनेटदेखि गोलको खाता खोलेको थियो । 

क्यानडाका जोनाथन डेभिड र लुकास डेनियल काभलानीले ह्याट्रिक गर्दा डेभिड जुनियर ह्वेल्टले एक गोल थपेका थिए ।

काभलानीले २१ औं, ४३ औं र पहिलो हाफको अतिरिक्त समया गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । पहिलो हाफमा ४ गोल गरेको क्यनडाले दोस्रो हाफमा तीन गोल थपेको थियो ।

५० औं मिनेटमा ह्वेल्टले गोल थप्दै क्यानडालाई ५–० को अग्रता दिलाए । त्यसपछि पहिलो गोल गर्ने जोनाथन डेभिडले ह्याट्रिक पुरा गरे । उनले ७१ र ७७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन् ।

जितसँगै क्यानडा क्वार्टफाइनलमा पुग्दा मेक्सिको पनि उप विजेता बन्दै क्वार्टरफाइनलमा पुग्न सफल भयो । मेक्सिकोले साेमबार बिहान भएको खेलमा मार्टिन्क्यूलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया