सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
मोरङ – प्रहरीले दुई थान पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले वेलबारी नगरपालिका–४ स्कुल डाँडाबाट पेस्तोलसहित सुन्दर–हरैँचा नगरपालिका–१२ बस्ने ४३ वर्षीय अशोक राई र कानेपोखरी गाउँपालिका–६ बस्ने ३४ वर्षीय कन्सा माझीलाई पक्राउ गरेको हो ।
को १७ प ४५८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई प्रहरीले दुई थान पेस्तोलसहित पेस्तोलको म्यागजिन ४ थान र गोली १४ राउण्ड बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
हतियारसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।