२००८ को च्याम्पियन्स लिग जिते पनि सर एलेक्स फर्गुसनकाे एउटा पछुताे !

 असार ११, २०७६ बुधबार १०:४८:४९ | एजेन्सी
unn.prixa.net

म्यानचेस्टर युनाइटेडका लिजेन्ड प्रशिक्षक सर एलेक्स फर्गुसनले २७ वर्षमा सबै ठूला प्रतियोगिताको उपाधि जिते । सबै सफलता हात पार्दा पनि एउटा कुराको पछुतो भएको खुलासा गरेका छन् ।

सन् २००८ को च्याम्पियन्स लिगको फाइनलमा चेल्सीलाई हराउँदै युनाइटेड च्याम्पियन त बन्यो । तर, तत्कालीन युनाइटेड प्रशिक्षक फर्गुसनका लागि यो खेल सम्झिँदा अहिले पनि नरमाइलो लाग्छ ।

उपाधि जित्नुको बाबजुद नरमाइलो लाग्नुको कारण हो पार्क जि–सुङ । बार्सिलोनाविरुद्ध सेमिफाइनलको दुवै लेगमा पहिलो एघारमा परेका पार्कलाई फर्गुसनले फाइनलमा स्थान नै दिएनन् ।

‘मैले पार्क जि–सुङलाई फाइनलको एक मिनेट पनि दिन सकिनँ । उसले यति राम्रो खेल्यो तर फाइनलमा उसले मौका पाएन । कुनै पनि खेलाडीका लागि यो कुरा उचित होइन’, फर्गुसन अहिले पनि यो कुरामा पछुतो मान्छन् ।

खेलमा रायन गिग्स, नानी र एन्डरसन सब्स्टिच्यूटका रुपमा मैदानमा गएका थिए । तर, सात जना वैकल्पिक खेलाडीको सूचीमा समेत पार्कको नाम थिएन ।

----------------------------------

उज्यालाेले तयार पारेकाे भिडियाे स्टाेरी हेेर्नुहाेस्ः

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया