एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो स्थानका लागि नेपालले आज हङ...
बैशाख ८, २०८१ शनिबार
संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनको अनुसार वासिङटन पोस्टका पत्रकार जमाल खशोगीको हत्यामा साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान र उनका परिवारको हात थियो ।
संयुक्त राष्ट्रसंघले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खारेज गरेको यो घटनाको जाँच अमेरिकी एजेन्सी संघीय अनुसन्धान ब्यूरो (एफबीआई) लाई गर्न अनुरोध गरेको छ । अमेरिका, इरानसमेत कैंयौ देशमा लोकतन्त्र र मानवअधिकारलाई लिएर निकै आक्रामक अवस्थाको सिर्जना हुन्छ तर साउदी अरब भने चुप हुन्छ ।
के साउदी अरब कसैसँग डराउँदैन ? साउदी अरबसँग को डराउँछ ?
यी दुई वटै प्रश्नको सवाल अमेरिकालाई राम्रैसँग थाहा छ । दुई वर्ष अघि साउदी अरबले कतारविरुद्ध नाकाबन्दी लगायो र सबै राजनीतिक सम्बन्ध तोड्दा संयुक्त अरब इमिरेट्स, बहराइन, मिश्र, मालदिभ्स, मरिटेनिया, कोमोरोस, यमनको निर्वासित सरकार र लिबिया साउदी अरबको साथ थिए ।
साउदी अरबले कतारले आतंकवादी गतिविधिको समर्थन गरेको आरोप लगाएको थियो । साउदीले कतारको विमानलाई लिएर आफ्नो हवाई क्षेत्रमा प्रतिबन्ध लगायो । कतारलाई सबै छिमेकी देशसँग अलग गर्दियो र यो आज पनि जारी छ ।
साउदीले मध्यपूर्वमा आफूलाई एकछत्र नेता बनाएको छ । साउदी अरब सबै सुन्नी मुस्लिम देश खासगरी अरब खाडीका देश आफ्नो मातहतमा काम गरोस् भन्न चाहन्छ ।
कतारले यो कुरा नमान्दा साउदीले उविरुद्ध नाकाबन्दी लगायो, जुन आज पनि जारी छ । साउदीको यो कोसिस कतार मात्र होइन, उसको असली निशाना इरान हो । साउदी अरब इरानलाई आफ्नो मुख्य प्रतिद्वन्द्व मान्छ ।
साउदी केवल मध्यपूर्वमा नेता बन्न खोजिरहेकोजस्तो देखिन्छ तर उसको पाइल सबैतिर छ । साउदीको नाकाबन्दीबाट न त कतार झुक्यो न त उसलाई कुनै ठूलो नोक्सान भयो । यद्दपि यो विषयलाई लिएर साउदी कमजोर भएको छैन बरु कैंयौ विषयमा मजबुत भएको छ ।
तेल र प्राकृतिक ग्याँस साउदी अरबको सम्पन्नताको कारण हो, यो सबैलाई थाहा नै छ । आफ्नो सम्पन्नताको कारण साउदीले ठूलो संख्यामा सेना तयार गरेको छ । स्टकहोम इन्टरनेसनल पिस रिसर्चका अनुसार सन् २०१७ मा साउदीले रक्षामा ७० अर्ब डलर खर्च गरेको थियो । यो रकम साउदी अरबको कुल गार्हस्थ उत्पादनको १० प्रतिशत हो ।
यही खर्चका साथ साउदी रक्षा खर्चमा बजेट छुट्याउने तेस्रो ठूलो देश बनेको छ । साउदी अरब योसँगै ओपेक र गल्फ कोअपरेशन काउन्सिलमा पनि प्रभावशाली छ । विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिका पनि साउदी अरबको मित्र हो ।
विश्वको तानाशाही शासन र उनका भ्रष्ट नेताहरुको लेखाजोखा 'इन्टरनेसनल ट्राइब्यूनल्स' अथवा 'ट्रुथ एण्ड रिकन्सिलिएसन कमिसन' राख्दथ्यो । तर साउदी अरब यी संस्थानका लागि सदैव अपवाद रह्यो । साउदी अरबमा सन् १९३८ मा तेलको विशाल भण्डार भेटिएपछि यहाँको शाही परिवारमा जबर्जस्त शक्ति आयो ।
यो शक्तिबाट विश्वको अर्थव्यवस्थालाई स्थिर बनाउन सकिन्थ्यो अथवा तोडफोडको स्थिति पनि ल्याउन सकिन्थ्यो । यही शक्तिको आडमा अमेरिकासहित पूरै पश्चिम र संयुक्त राष्ट्रसंघले पनि साउदीको सबै जिद्दीलाई सहन बाध्य भयो ।
साउदी केवल आफ्नो घरमा मात्र मानवअधिकारलाई निशाना बनाएन, चरमपन्थी इस्लामिक समूह तालेबान, नुसरा फ्रन्ट र सिरियामा सक्रिय अल कायदालाई आर्थिक सहयोग पुर्याएको विषयमा पनि संदिग्ध रहेको छ ।
यो सबैको बदलामा साउदीले अमेरिकालाई कैंयौ प्रकारको सहयोग गर्यो । उसले अमेरिकी एयरफोर्सको लडाकू विमानलाई विश्वको सबैभन्दा अहम् इलाकामा उडान भर्ने अनुमति दियो । यसका साथै अमेरिकी सेनालाई आवश्यक पर्ने सामानमा सहयोग पुर्यायो ।
साउदीका पूर्व अमेरिकी राजदूत चैसा फ्रिमेनले न्यूजवीकलाई भने, ‘मानव अधिकार र मूल्यको अमेरिका र साउदी सम्बन्धमा कुनै भूमिका छैन । सुरुवाती दिनदेखि नै दुई देशको सम्बन्ध पारस्परिक राष्ट्र हितबाट सञ्चालित भैरहेको छ ।
अमेरिका र साउदी अरबको सम्बन्धको सुरुवात सन् १९४५ मा प्रणय दिवसको दिन भएको थियो । अमेरिकी राष्ट्रपति फ्र्यांकलिन डी रुजवेल्ट र साउदी अरबका संस्थापक राजा अब्दुलअजीज इब्न साउदको भेट स्वेज नहरको अमेरिकी जहाजमा भएको थियो ।
यही भेटमा राजा अब्दुलअजीज अमेरिकालाई साउदीको तेल सस्तो मूल्यमा दिन तयार भए । यसको बदलामा रुजवेल्टले साउदीलाई बाहिरी दुस्मनबाट बचाउने जिम्मा लिएका थिए ।
प्रणय दिवसको दिन सुरु भएको यो सम्बन्धले छ इजरायली अरब युद्ध झेलिसकेको छ । सन् १९७३ को अरब तेल संकटमा पनि यी दुई देशबीचको सम्बन्धमा कुनै आँच आएन ।
तेलको बदला सुरक्षाको समिकरण दुई देशबीच अझ घनिष्ट मजबुत हुँदै गयो । जसको कारण ९/११ को आक्रमणको पनि धेरै असर परेन किनकि विमान अपहरण गर्ने धेरै मानिसहरु साउदी अरबका नागरिक थिए ।
अमेरिकाले सन् २००३ मा इराकमा आक्रमण गर्दा सद्दाम हुसेनको सत्ता ढल्दा इरान मजबुत हुन्छ भन्ने साउदीलाई थाहा थियो । तर त्यो समयको आँचबाट पनि यी दुई देशको सम्बन्धमा कुनै चिसो पसेन ।
सन् १९९१ मा फारसको खाडी युद्धमा पनि अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज एच डब्ल्यू बुसले रुजवेल्टको सम्झौताको सम्मान गर्दै साउदी अरबलाई इराकी सेनाबाट बचाएका थिए ।
७३ वर्षको यो सम्बन्धमा मात्र दुई पटक मात्र अमेरिका र साउदी अरबबीच तनावको अवस्था सिर्जना भयो ।
तर पूर्व अमेरिकी राष्ट्रपति बाराका ओबामाको भने अलग नीति थियो । साउदी अरबले इरानसँगै ओबामाको परमाणु सम्झौताको विरोध गरिरहेको थियो । यही कारणले गर्दा साउदी अरब ट्रम्पले चुनाव जितेको हेर्न चाहन्थ्यो ।
साउदी अरबमाथि अन्य कुनै पश्चिमी देशको तुलनामा ट्रम्प निकै दयालु देखिएका छन् । तर ट्रम्पको यो माया अमेरिकाको हित नै दाउमा लाग्ने बताइएको छ ।
आलोचकहरुका अनुसार, साउदी अरब यमनमा अमेरिकी हतियारको दममा लडिरहेको छ । त्यसैगरी साउदीले कतारमाथि नाकाबन्दी लगाएर अमेरिकालाई असहज अवस्थाको सिर्जना गरेको छ । यो अमेरिकाको लागि राम्रो कुरा भने होइन ।
'बीबीसी' हिन्दी बाट
उज्यालाेले तयार पारेकाे भिडियाे स्टाेरी हेेर्नुहाेस्ः