पोर्चुगिज फरवार्ड फिलिक्सका लागि एट्लेटिको मड्रिडको नयाँ प्रस्ताव

 असार १२, २०७६ बिहिबार १०:१५:४५ | एजेन्सी
unn.prixa.net

एट्लेटिको मड्रिडले पोर्चुगिज फरवार्ड हाओ फिलिक्सका लागि १२६ मिलियन युरो अर्थात् ११२.९ मिलियन पाउण्डको प्रस्ताव गरेको छ । एट्लेटिकोले यसअघि १०७ मिलियन पाउण्डको प्रस्ताव गरेको थियो ।

रकम बढाएर प्रस्ताव अघि बढाएपछि बेन्फिाका सकारात्मक देखिएको छ । तर एट्लेटिको मड्रिडले किस्तामा रकम तिर्नका लागि प्रस्ताव गरेको छ ।

बेन्फिकाले एक विज्ञप्ति जारी गर्दै ला लिगा क्लबको प्रस्ताव छलफलका क्रममा रहेको जनाएको छ । ‘एट्लेटिको मड्रिडले फिलिक्सका लागि पठाएको १२६ मिलियन युरोको प्रस्तावमा छलफल भइरहेको छ,’ बेन्फिकाले विज्ञप्तिमा भनेको छ ।

यदी यो ट्रान्सफर सम्पन्न भएमा १९ वर्षे फिलिक्स पाँचौं महँगा खेलाडी बन्नेछन् । यसअघि सर्वाधिक महँगा खेलाडीको रेकर्ड नेयमारले कायम गरेका छन् भने उनीभन्दा पछि एमबाप्पे, कउटिन्हो र डेम्बेले छन् ।

युरोपा लिगमा फ्राङ्कफर्टविरुद्ध ह्याट्रिक गरेपछि विश्वको नजर फिलिक्समाथि परेको थियो । उनी भविष्यमा स्टार खेलाडी बन्ने आँकलन पनि गरिएको छ ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया