ललित स्मृति यु–१८ फुटबल: अार्मीलार्इ पन्छाउँदै ब्रिगेड ब्वाइज क्लबले उचाल्याे उपाधि

 असार २२, २०७५ शुक्रबार १९:४७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – ललित स्मृति यु–१८ फुटबल च्याम्पियनसिपले नयाँ विजेता पाएको छ । 

साविक विजेता विभागीय टिम त्रिभुवन आर्मीलाई हराउँदै ब्रिगेड ब्वाइज क्लबले ललित स्मृति यू–१८ फुटबल च्याम्पियनसिपको उपाधि  जितेको हो ।

सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा आज भएको फाइनलमा ब्रिगेड ब्याइजले आर्मीलाई एक–शून्य गोल अन्तरले हरायो । ब्रिगेड ब्वाइजका लागि अनुप गुरुङको एकमात्र गोल निर्णायक बन्यो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ८७ औँ मिनेटमा अनुपले गोल गर्दै ब्रिगेडलाई अग्रता दिलाएका थिए । अन्ततः त्यही गोल नै ब्रिगेडलाई उपाधि दिलाउन काफी बन्यो ।

लगातार दुई संस्करणको च्याम्पियन आर्मीको यो हारले ह्याट्रिक गर्नबाट बञ्चित भएको हो ।

उपाधिसँगै ब्रिगेडले तीन लाख हात पार्यो भने उपविजेता बनेको आर्मीले १ लाख ५० हजारमा चित्त बुझाएको छ ।

प्रतियोगितामा उत्कृष्ट स्ट्राइकर आर्मीका दिनेश हेन्जन, बेष्ट मिडफिल्डर ब्रिगेडका जय गुरुङ, बेष्ट डिफेन्डर आर्मीका विकास खवास,  उत्कृष्ट गोलकिपर ब्रिगेडका आकाश रानाभाट भए ।

उनीहरुले समान १० – १० हजार रुपैयाँ प्राप्त गरे । यस्तै उत्कृष्ट प्रशिक्षक ब्रिगेडका उजेन श्रेष्ठ चुनिएका छन् ।

गएको जेठ २९ देखि सुरु भएको प्रतियोगितामा १८ टिमको सहभागिता थियो । उनीहरुलाई ५ समूहमा विभाजन गरिएको थियो भने समूह विजेता र उप–विजेता क्वार्टरफाइनलमा प्रवेश गरेका थिए ।

एन्फाले बार्षिक कार्यक्रम अनुसार यो प्रतियोगिता आयोजना गर्दै आएको छ । एन्फाका तत्कालिन कार्यबहाक अध्यक्ष ललितकृष्णमा श्रेष्ठको २०७२  जेठ २९ गते करेन्ट लागेर निधन भएको थियो । उनैका स्मृतिमा यो प्रतियोगिता आयोजना गरिएको हो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया