ट्रम्पले मुस्कुराउँदै पुटिनसँग भने-अमेरिकी चुनावमा हस्तक्षेप नगर्नुहोस्

 असार १३, २०७६ शुक्रबार १६:०:५६ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्ना रुसी समकक्षी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ठट्यौली शैलीमा देखिएका छन् । 

जी-२० सम्मेलनको बैठकपछि रुसी राष्ट्रपति पुटिनसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले निकै ठट्यौली शैलीमा भने, ‘आगामी २०२० को चुनावमा हस्तक्षेप नगर्नुहोस् ।

यस अघिको सन् २०१६ को अमेरिकी चुनावमा रुसको हस्तक्षेप रहेको ठोस प्रमाण सार्वजनिक भएपछि यी दुई राष्ट्रपतिको यो पहिलो भेट हो । 

आगामी चुनावलाई लक्षित गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले मुस्कुराउँदै रुसी राष्ट्रपति पुटिनलाई हस्तक्षेप नगर्न भनेका हुन् । ट्रम्पले यस्तो भन्दा रुसी राष्ट्रपति पुटिन पनि हाँसेका थिए । 

फिनल्याण्डको राजधानी हेल्सिंकी एक वर्ष अघि यी दुई समकक्षीको भेटवार्ता भएको थियो । 

पत्रकार सम्मेलनकै क्रममा एक पत्रकारले अमेरिकी राष्ट्रपति ट्रम्पलाई सोधेका थिए, ‘तपाइँ आगामी चुनावमा पुटिनलाई हस्तक्षेप नगर्न भन्नुहुन्छ?,' जवाफमा राष्ट्रपति ट्रम्पले मुस्कुराउँदै भने, 'म जरुर भन्छु ।' 
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया